अमेरिकी राजदुतले समाजिक सन्जालमा ‘राजदुतसँग गफगाफ’ कार्यक्रम चलाउँदै

जानकारहरु भन्छन्, – परराष्ट मन्त्रालयलाई सामान्य जानकारी समेत नदिई यस्ता कार्यक्रम चलाउन खोज्नु कुटनीतिक मर्यादा विपरितको काम हो

सफल खबर संवाददाता

मंगलबार, ०७ जेठ २०७६, ०७ : ००
अमेरिकी राजदुतले समाजिक सन्जालमा ‘राजदुतसँग गफगाफ’ कार्यक्रम चलाउँदै

काठमाडौं । अमेरिकी राजदुत रेण्डी बेरीले अव हरेक हप्ता फेसबुक, टुइटर लगायत सामाजिक  सन्जालमा नेपाली जनतासँग प्रत्यक्ष छलफल गर्ने भएका छन । कुटनीतिक नियोगका ब्यक्तिले यसरी समाजिक सन्जालमा नेपाली जनतासँग गफ गाफ गर्ने कुराको अनुमति उनले परराष्ट मन्त्रालयवाट लिनुको त कुरै छोडै, सामान्य जानकारी समेत गराएका छैनन ।

कुनै ब्यक्तिले सामाजिक सन्जालमा जोडिन आईपुगेका ब्यक्तिहरुसँग प्रत्यक्ष भलाकुसरी गर्नु, क्रिया प्रतिक्रिया दिनु उनको ब्यक्तिगत स्वतन्त्रता होला । तर कुटनीतिक नियोगको जिम्मेवारी लिएर वसेका कुनै पनि ब्यीक्तले अर्काको देशका नागरिकसँग गरिने गफगाफका विषयमा भने परराष्टलाई जानकारी नदिई गरिन खोजनु कुटनीतिक मर्यादाभित्र नपर्ने परराष्टका जानकारहरु वताउँछन् ।

कुनै कुटनीतिक ब्यक्तिले जनतासाग यसरी गफगाफ गर्न पाउने÷नपाउने विषयमा कुनै कानुन वा सन्धिमा केही उल्लेख छैन । तर परराष्टवाट मात्र स्वीकृत लिने वा जानकारी गराउने भने गर्नुपर्छ ।

तर बेरीले यो विषयमा परराष्टबाट स्वीकृत लिएका पनि छैनन, जानकारी सम्म पनि गरेका छैनन । राजदुत वेरीले आफनो समाजिक सन्जालमा जोडिएका करिव ४० लाख सँग प्रत्यक्ष सम्वाद गर्न खोजेका छन् । म समाजिक सन्जालमा कुरा गर्न रुचाउछु । ४० लाख समाजिक सन्जलमा जोडिएका छन्, तपाईको प्रश्नको जावाफ दिने र तपाईको कुरा सन्न आफु उत्साहित रहेकोले राजदुतसँग गफगाफ कार्यक्रम शुरु गर्न लागेको उनले समाजिक सन्जालमा लेखेका थिए ।

जनतासँग गरिने यस्ता गफगाफमा कुटनीतिक मर्यादा उलघन हुने र आन्तरिक राजनीतिक, अरु सम्वेदनशील विषय र जनसरोकारका विषय पर्न सक्छन् । ‘यो असमान्य घटना हो ।  यसले अनावश्यक विदेशी चासो र संग्लन्नता वढाउछ ।’ परारपष्ट मन्त्रालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने,  –‘कुटनीतिक विषयको यस्तो जिम्मेवार र सम्वेदनशील विषयमा परराष्टले कदम चाल्न आवश्यक छ । ’

परराष्ट क्षेत्रमा कलम चलाईरहेका पत्रकार सन्तोष घिमिरेले यसलाई सिष्टाचारभित्र नपर्ने वताउँछन् । ‘के यसो गर्नु  राजदुतको कुटनितिक मर्यादा, सिस्टाचार, आचरण भित्र पर्छ ? यस बिषयमा हाम्रो पररास्ट्र मन्त्रालयलाई कत्तीको पूर्व जानकारी छ ?’ घिमिरेले प्रश्न गदै भने ।

प्रचण्डले भेनेजुएलाबारे निकालेको वक्तव्यमा प्रतिक्रिया जनाउन नेपाल सरकारको धारणा माग्दै हिंडेका बेरी ले अब नेपाली जनतासँग मन की बात गर्ने हैसियतमा पुगेका हुन् ? भन्दै परराष्टका  अर्का एक कर्मचारीले भने,–‘भियना कन्भेन्सनमा फेसबुक वा ट्वीटर थिएन ! कन्भेन्सनमा नलेखिएका सबै काम गर्न मिल्ने हो ?’

त्यसो त तत्कालिन काग्रेस सभापति तथा प्रधनमन्त्री सुशील कोइराला सरकारको अन्तिम समयतिर बीरगंजमा अमेरिकाले ’शिक्षामूलक’’ एफएम चलाउने स्वीकृती झन्डै झण्डै पाइसकेको थियो ! पछि शेरधन राईले त्यो प्रक्रियालाई रोकिदिएको परराष्टका कर्मचारीहरुको भनाई छ ।

त्यो एफएम खुलेको भए भारत, चीन र साउदी अरबले निवेदन ठिक्क पारेका थिए बीरगन्जमै ! अब अनियन्त्रित सामाजिक संजालमा सरेछ त्यो प्रतिस्पर्धा !

भोली यहाँस्थित भारतीय, चिनिया अनी सबै बिदेश राजदुतले त्यस्तै गर्न थाले  भने के हुन्छ ? अर्को कुरा, के हाम्रा अमेरिकास्थित राजदुतले यसै गरी सोसल  मिडीयामा अमेरिकिहरुसित अन्तक्रिया गरी बस्न पाउछन ?

प्रेस स्वतन्त्रता भन्दा  देश स्वतन्त्रता प्रमुख होला ! अमेरिकी राजदूतको (अ)कूटनीतिक एक्टिभिज्मको विपक्षमा लेख्न बोल्न हिम्मत गनुपर्ने परराष्टविदहरु वताउँछन ।

नेपाललाई आफ्नो इन्डो–प्यासिफिक रणनीतिको केन्द्रीय साझेदार घोषणा गरेको अमेरिकाको यहाँ खास चासो के हो ? राजदुतले चाल्न खोजेको यो कमदवाट पनि शसंकित हुनुपर्ने वेला आएको उनीहरु वताउँछन् ।

प्रतिक्रिया दिनुहोस