प्रधानमन्त्री ओलीलाई मार्दिन्छु भनेर कमेन्ट गर्ने पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०६ जेठ २०७६, १७ : ४९
प्रधानमन्त्री ओलीलाई मार्दिन्छु भनेर कमेन्ट गर्ने पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा मार्दिन्छु  भनेर कमेन्ट गरेको आरोपमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ पक्राउ परेका छन् ।

तामाङले केही दिनअघि गरेको कमेन्टको विषयलाई लिएर उनलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 

नेपाली खबर नामक वेवसाइटले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेको एउटा कन्टेन्टमा तामाङले त्यस्तो कमेन्ट गरेका थिए । ‘५० करोड दिनुस् म मोदीलाई मारी दिन्छु’ भनेर प्रकाशित सामग्रीमा सलिम यान्जन तामाङ भाइ नामक आइडीबाट उनले ‘५० लाख दिनुस् ओलीलाई मार्दिन्छु’ भनेर लेखेका थिए ।

भ्रमपूर्ण सन्देश फैलाएर सर्वसाधारणमा भ्रम र त्रास फैलाउन खाजेकाले उनीविरुद्ध साइबर अपराध कसुर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको एसपी राठौरल बताए । 
 

प्रतिक्रिया दिनुहोस