कांग्रेसको छायाँ सरकार : अर्थमा मिनेन्द्र रिजाल, शिक्षामा गगन थापा

सफल खबर संवाददाता

सोमबार, ०६ जेठ २०७६, १६ : १०
कांग्रेसको छायाँ सरकार : अर्थमा मिनेन्द्र रिजाल, शिक्षामा गगन थापा

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले आज छायाँ सरकार बनाएको छ । छायाँ सरकारको अर्थमा मिनेन्द्र रिजाल चयन भएका छन् भने शिक्षामा गगन थापा रहेका छन् । 

पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ ‘क’ अनुसार छायाँ सरकार बनाउनुभएको छ । 

उर्जामा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का रहेका छन् ।  गृहमा दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका छन् । शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोर सिंह राठौर, उद्योगमा मीन विश्वकर्मा छन् ।

खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी तोकिएका छन् । पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् ।

भूमिसुधारमा लक्ष्मी परियार, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, संघीय मामिलामा अतहर कमाल मुसलमान, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, कृषिमा पद्मनारायण चौधरी, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस