मोटरसाईकल दुर्घट्ना हुँदा भरतपुरमा २ जनाको मृत्यु, दुई घाईते

सफल खबर संवाददाता

आइतबार, ०५ जेठ २०७६, २० : २२
मोटरसाईकल दुर्घट्ना हुँदा भरतपुरमा २ जनाको मृत्यु, दुई घाईते

चितवन । चितवनमा आईतवार साँझ भएको छुट्टाछुट्टै सवारी दुर्घट्नामा २ जनाको मृत्यु भएको छ । मुग्लीनबाट भरतपुरतर्फ जाँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाईकल सोहि दिसातर्फ गइरहेको ना ६ ख ५९७१ नम्बरको ट्रकको पछाडी ठोक्किदा मोटरसाईकल चालक काठमाण्डौँ गोंगबु ८ का अनुप खण्डाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर २९ केराबारीमा साँझ ५ः५० बजे दुर्घट्नामा परी गम्भिर घाईते भएका खण्डकाको भरतपुर अस्पतालमा उपचारका क्रममा ६ ः १५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ । यस्तै भरतपुर २९ सत्रकिलोमा भएको मोटरसाईक दुर्घट्नामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बा ६३ प १४५८ नम्बरको मोटरसाईकल चालक काठमाण्डौँ महानगरपालिका ५ का २८ वर्षीय सेखर नगरकोटी रहेको प्रहरीले जनाएको छ । नगरकोटी सवार मुग्लीनबाट नारायणगढतर्फ गईरहेको मोटरसाईकल साँझ ५ बजे अनियन्त्रीत भई दुर्घट्नामा परेको र सोहि दिसातर्फबाट गईरहेको ग १३ प ८५९० नम्बरको मोटरसाईकलसँग ठोक्किदा उनि गम्भिर घाईते भएका थिए ।
उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ५ः ५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी नगरकोटीको मोटरसाईकलपछाडी सवार सोलुखुम्बु सल्लेरी नगरपालिका ७ का २५ वर्षीय सुसील घतानी र अर्को मोटरसाईकलका चालक तनहुँ भानु नगरपालिका ८ का २३ वर्षीय सुजन वन्जगाछी घाईते भएका छन ।
उनिहरु दुवैको सोहि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चितवनमा लामो समयपछि सडक दुर्घट्नामा परी मानिसको मृत्यु भएको हो । यसअघि दैनिकजसो सवारी दुर्घट्नामा परी ज्यान जानेगरेको थियो ।

प्रतिक्रिया दिनुहोस