बुद्ध जयन्तीकै दिन सिरहामा हजारौं पशुपक्षीको बली

सफल खबर संवाददाता

शनिबार, ०४ जेठ २०७६, १३ : ५४
बुद्ध जयन्तीकै दिन सिरहामा हजारौं पशुपक्षीको बली

सिरहा । आज वैशाखी पूर्णिमा अर्थात् अहिंसाका प्रतिक भगवानको बुद्ध जन्म जयन्ती । भगवान बुद्धको सम्झानामा आजका दिन धेरै नेपालीमा वली चढाउन नहुने मान्यता छ । 
तर, आजैको दिन सिरहाको लहानस्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपक्षीको बली चढाइने गरिएको छ । 

राजदेवी मातालाई भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वासका कारण यहाँ प्रत्यक वर्ष आजकै दिन हजारौंको संख्यामा पशुपक्षी बली दिने गरिएको हो । सन्तान प्राप्ति हुने, विभिन्न रोग निको हुने जनविश्वासका कारण बली चढाउन राजदेवी मन्दिर आउनेको घुँइचो नै लाग्ने गरेको छ ।

आजकै दिन बली किन प्रदान गरिन्छ रु करिब १२५ वर्ष अघिको कुरा हो । मन्दिर रहेको ठाउँमा जंगल र चरण क्षेत्र थियो । यहाँ स्थानीयबासी गाई चराउन जान्थे । चराउन लग्ने गाइहरु हराउन थाले । पछि गाउँका मानिसहरु त्रसित भए । धामीको रुपमा रहेका स्वर्गीय दिलाराम भट्टले त्यस ठाउँमा गई तन्त्र साधना गरेपछि राति सपनामा देवीले दर्शन दिई पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिन बली चढाए समस्या टर्ने बताएका थिए ।

स्थानीयले देवीले सपनामा भनेअनुसार आजको दिन बली चढाउन थाले । समस्या टर्यो । त्यस पछि यसको महिमाको प्रचार प्रसार सँगै यहाँ वर्षेनी आजकै दिन ठूलो संख्यामा भक्तजन भेला हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस