पेट्रोलिय पदार्थकाे मूल्य घट्याे

सफल खबर संवाददाता

शुक्रबार, ०३ जेठ २०७६, २१ : ०१
पेट्रोलिय पदार्थकाे मूल्य घट्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।
समायाेजन गरी मूल्य घटाएपछि आगामी शनिबार बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न सक्नेछन् । भारतीय आयल कर्पोरेसन (आइओसी)ले १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकाले पेट्राेलिय पदार्थकाे मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस