रोल्पामा आगलागी हुँदा दुई वटा घरमा पूर्ण क्षति

सफल खबर संवाददाता

शुक्रबार, ०३ जेठ २०७६, १९ : १६
रोल्पामा आगलागी हुँदा दुई वटा घरमा पूर्ण क्षति

रोल्पा । सुनछहरी गाउपालिका ४ स्यूरी रोल्पामा शुक्रबारर आगलागि भएको छ । आगलागीबाट २ घर पुरै जलेर नस्ट भएका छन् भने एक घरको पालि जलेको छ ।

प्रहरी चौकि स्यूरिकाअनुसार सुनछहरी ४ स्यूरि निवासी जगलाल विक र विरपति विकको घर जलेको छ । घरमा रहेको अन्नपात लत्ताकपडा लालपुर्जा नगद लगायत जलेर पुरै खरानी भएको पिडितहरूको भनाइ छ ।
क्षतिको विस्तृत विवराण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस