आफु मरेर बचायो मालिकको ज्यान

एजेन्सी

बुधबार, ०१ जेठ २०७६, १८ : २३
आफु मरेर  बचायो मालिकको ज्यान

संसारभरि नै कुकुरको बफादारीका कथा प्रशस्तै छन्। भारतमा भएको एउटा घटनाले अर्काे एउटा कथा थपेको छ। कुकुरले आफू मरेर मालिकको ज्यान जोगायो। 

तमिलनाडु राज्यमा पर्ने तन्जावुर शहरमा दुई हप्ताअघि भएको घटना हो यो। किसान नटराजन बगैँचामा काम गरिरहेका थिए। यत्तिकैमा उनको अगाडि पाँच फिट लामो गोमन सर्प देखियो।

सर्प फणा उठाएर खडा थियो। नटराजनले केही सोच्न सकेनन्। सर्प उनलाई डस्नका लागि तयार थियो तर ठीक त्यही बेला पप्पु नामक उनको कुकुरले अकस्मात् सर्पलाई झम्ट्यो। पप्पु सर्पसँग भिडेपछि नटराजन लट्ठी खोज्न घरतिर दौडे। 

लट्ठी बोकेर आइपुगेञ्जल सर्प मरिसकेको थियो। पप्पु पनि रगताम्य थियो। केही क्षणमा उसले प्राण त्याग गर्‍यो। नटराजन आफ्नो ज्यान बचाइदिने कुकुरलाई अँगालो हालेर रोए। तन्जावुर शहरमा पप्पुको बलिदानको कथा अहिले चर्चित छ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस