– जीवन शर्मा
यसपल्टको तुफानी सांगीतिक यात्राले अष्ट्रेलियाको एडलेट, सिडनी, ब्रिसबन, मेलबर्नदेखि नेपालको सल्यानहुँदै सैलुङसम्म आएर केहि दिनका लागि लामो सास फेर्दैछ । अहिले म पोखराको फेवातालको उत्तरी किनाराबाट निकटतम विगत नियालिरहेको छु । मेरा एक दुइ दिन अब एतै वित्नेछन । सिंहावलोकनका लागि केहि समय मिलेको छ । करीब एक महिनासम्मको अाउँदा जाँदा अाकाश र पातालकाे बाटाे सबै गरेर लगभग तिस हजार किलाेमिटर लामो यात्राका ताजा सम्झना कमलपुष्पका तरेली बनेर मनभित्र सजिएका छन ।
एडलेट अष्ट्रेलियाबाट सुरुभएको सांगीतिक भ्रमण रामेछापको सैलुङसम्म आइपुग्दा हृदयमा खिचिएका अनेकौं सुन्दरतम दृष्यहरु मेरो आँखा वरिपरि ओइरो लागेर देखापरिरहेका छन । यो मेरो जीवनको अनौठो यात्राको मध्यको एउटा अविष्मरणीय अनुभुतीकाे रूपमा मानसपटलभित्र सदा अमीट छाप बनेर रहिरहनेछ ।
यो सालकोे व्याउँते सक्राती अर्थात नयाँ बर्षको पहिलो दिन अष्ट्रेलियाको एडलेट शहरमा नेपाल फेष्टिवलको आयोजना गरिएको रहेछ । मलाई पनि त्यसमा सहभागी हुने अवसर मिल्यो । एनआरएन अष्ट्रेलियाको आयोजनामा भएको सो फेष्टिवल निकै व्यवस्थित र सहभागिता मुलक थियो । अष्ट्रेलियाको सुन्दर शहर एडेलेटको मुटुमा नेपालीहरुले फुड फेष्टिवलको आयोजना गरेर नेपाली संस्कृति र राष्ट्रियताप्रतिको आफ््नो अपार माया प्रकट गरिरहेको थिए ।
मेरो कोणबाट हरेक दृष्टिले यो कार्यक्रम सफल रह््यो । एडलेड शहरमा हामी जाँदाकाे दिन साँझ रात्रीभाेजकाे अायाेजना गरिएकाे िथयाे । त्यहाँ राजु उपाध्याय,दिपक धमला लगायत धेरै विद्वान नेपाली साथीहरूसँग भेटघाट गर्ने माैका मिल्याे । एडलेटकाे एन अार एनमा कृयाशील अशोक केसी, कपिल पाण्डे लगयत कैयौ साथीहरुले एडलेटको मेरो यात्रा तय गर्न निकै मेहेनतका साथ महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो । भाेलिपल्ट नेपाल फेष्टिवल अायाेजना भएकाे मञ्चमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भयाे । सांगितिक कार्यक्रम निकै सशक्त भयो ।
अष्ट्रेलियाका नेपाली कम्युनिटी माझ त्यो कार्यक्रमका बारेमा व्यापक चर्चा चलेको कुरा जता ततैबाट सुनियो । जनताका गीतले सबैभन्दा बढी दर्शकहरुको मन जित्न सफल भएको कुरा सबैतिरबाट आयो । कार्यक्रम समापन भएपछि आयोजक संस्थाका जिम्मेवार व्यक्तिहरु पनि निकै सन्तुष्ट देखिनुहुन्थ्यो । यसले नेपालमा अवश्य पनि केही तरंग पैदा गरेको हुनुपर्छ । जेहोस यात्राको सुरुवात नै अत्यन्त उत्साहप्रद रह््यो ।
एडलेटबाट अष्ट्रेलियाको मुख्य शहर सिडनी पुगे पछि मेरो यात्राको अर्को अध्याय सुरु भयो । बैशाख ३ गते अर्थात अप्रिल महिनाको १६ तारिखका दिन अष्ट्रेलियाको मुख्य शहर सिडनीमा भव्य समारोह अायाेजना भएकाे थियाे । कार्यक्रममा तिन चार घण्टा कसरी वित्याे पत्तै भएन । उक्त सांगीतिक कार्यक्रममा सहभागी सबै मानिसहरु चेतनाको तहका दृष्टिले माथि थिए । कार्यक्रममा NPPF र ONF अष्ट्रेलियाका सदस्यहरुको उल्लेख्य सहभागिता थियो । भवानी अाेली, रिषी अाचार्य, मनरिषी धिताल, सरिता जी, कृष्ण सापकोटा, चुन्ना , सीता, डक्टर मोम, राजु गाैचन आदि सयौ व्यक्तिहरु राती अबेर सम्म जनताका गीतमा नाच्दै रमाउँदै थिए । आठ बजे सुरु भएको कार्यक्रम एघार बजे सम्म चलेको थियो ।
सिडनीको रकडेलमा भएकाे जन सांगीतिक कार्यक्रम सकेपछि तिन दिन जति खाली समय थियो । सो समयलाई अधिकतम उपयोग कसरी गर्नेहोला भनेर मन मनै कुरा खेलिरहेको थियो । मनरिषीजीले अावश्यक याेजना बनाइसक्नु भएको रहेछ । यस्तो कुरामा वास्तवमा वहाँ राम्रो योजनाकार हो । मेरो पहिलो अष्ट्रेलिया भ्रमणको मुख्य याेजना पनि वहाँले नै बनाउनु भएको थियो ।
अाउँदैका दिन सिडनीको सुन्दर शहरको केन्द्रमा रहेको लोटस विल्डिङ हेर्दै कृष्ण सापकोटा, चुन्ना क्षेत्री र म मेन्ली पार्कतर्फ सोझियौ । मेन्ली पार्क सिडनी पुग्ने पर्यटकका लागि अनिवार्य गन्तव्य जस्तै हो । त्यहाँ पुगेर दक्षिणी सागरको छालसँग एक घण्टा बयली खेलेर साँझ कार्यक्रम हल तिर गइयो । कार्यक्रम अन्यत्र जस्तै आकर्षक भयो । । सिडनीको इन्द्रेणी फंक्सन सेन्टरको सुन्दर हलमा उपस्थित सयौं संख्याका जनसमुहलाई नेपाल राष्ट्र र नेपाली जनताका गीत सुनाउन पाउँदा मन चंगा बनेर उडिरहेको थियो । त्यो दिन राती कार्यक्रमस्थल मै रहेको रेष्टुरेण्टमा खाना खाएर चुन्नाजीको क्वाटर गएर विश्राम गरियो ।
भोलिपल्ट मनरिषी जी , टंक र म भएर सिडनी देखि लगभग १०० किलाेमिटर दक्षिणमा रहेकाे सुन्दर सामुद्री किनाराकाे उलनगाेङ शहर घुम्न गयाैं । त्याे शहर र त्यहाँकाे सामुद्री किनाराका दृष्यहरूले मन त्यसै तानिरहेकाे थियाे । धर्म अधिकारी र त्यहाँका एक जना स्थानीय कमरेडसँग सँगै करीब दुइघण्टा सहयात्रा गरेर खाना खाइवरि हामी फर्कियाे ।
सिडनीको यात्रा पछि म अष्ट्रेलियाको अर्को ठूलाे सुन्दर शहर ब्रिस्वन तिर हानिएँ । ब्रिस्बनको गोलकोष्ट नामक समुद्री किनारका उर्लिरहेका छालहरु चलचित्र बनेर मेरो दिमागमा अझै उछालिएकै छन । त्यति सुन्दरतम सामुद्री छालहरु सीधा नजीकै माथिबाट मैले देख्ने मौका पाएको यो पहिलो मौका थियो । मेरो मन ती छालहरु हेरेर सदा त्यहीँ बसिरहुँ भनिरहेका थियो । तर हामी सँग समयको सीमा थियो । सीमित समयको मात्र अष्ट्रेलिया बस्नकालागि भिसा लिइएको थियो । मानिसको जिनदगी अनेकौ निर्धारक तत्वहरुबाट परिचालित हुन्छ । आफ््नो चाहनाबाट मात्र चल्न पाउने भए मानव जातीको अबस्था अहिले कस्तो हुन्थ्यो होला । यस्तै सोच्दै केहि समय समुद्रका लहरसँग आन्दोलित भएर हामी अर्को किनारातिर लागेका थियौ ।
समय अति नै टाइट थियो । हेर्नु पर्ने र घुम्नु पर्ने ठाउँ अझै कति थिए । केहिबेर पछि सात बजे भित्रै हामी कार्यक्रम हलतिर जानु पर्ने थियो । अर्को सुन्दर ठाउँमा जाने समय तालिका बदलेर हामी खाना खाने तरखरमा लागियो । नयाँ बर्षको उपलक्ष्यमा कास्की समाजले आयोजना गरेको सांगीतिक साँझको कार्यक्रममा राती अबेर सम्म भाग लिएर बास बस्ने ठाउँमा गयौं । त्यहाँ मसँग दिनभरि यात्रा गर्ने बबुज चालिसे, आविस्कार, नारायण अनि आशिस भाइ हुनुहुन्थ्यो ।
विभिन्न सामाजिक गतिविधीमा सकृय रहनुभएका प्रमोद दवाडी, टिका सुवेदी, सुरज , रमेश, कृष्ण ,बविन, सन्ताेष, किशाेर,सम्पदा लगायत ब्रिस्वेनका अरु धेरै साथीेहरुको सम्झना पनि त्यत्तिकै ताजा बनेर मनमा खेलिरहेको छ । त्यहाँ कृयाशील कास्की समाज, यस अाइबिसी, राइनाे परिवार र ती संस्थाहरूका अध्यक्ष लगायत सबै पदाधिकारी र सहभागी सम्पुर्ण साथीहरु धन्यवादका पात्र हुनुहुन्छ ।
ब्रिस्वेनको यात्रा पनि एडलेट जस्तै मेरो पहिलो अनुभव थियो । यसबाट मेरो जीवन यात्रामा अर्को एउटा महत्वपूर्ण सर्ग थपिएको महशुस भएको छ । ब्रिस्वनमा कृयाशील सबै नेपालीहरुको सदिक्षा र सदाशयताले मलाई त्यहाँसम्म तानेर पुरायोे । त्यहाँका साथीहरुको ठुलो इच्छा र मेहेनतको फल स्वरुप मेरो ब्रिसवेनको यात्रा, यहाँको सांगीतिक कार्यक्रममा मेरो सहभागिता अनि सबै किसिमको मनोरम अनुभुति सम्भव भएको थियो । त्यसको लागि सम्बन्धित सबै साथीहरु मेरो लागि धन्यवादका पात्र छन । ब्रिस्बेनबाट मेलबर्न जानु पर्ने थियो । विहान सबेरै प्रमोद भाइ, आविस्कार सहितका साथीहरुले एयरपोर्ट गएर विदा गर्नु भएको थियो । यसरी यस पटकका लागि ब्रिस्वेनको यात्रालाई स्थगित गरेर मेलवर्न तर्फ अगडि बढियाे ।
लेनिन जयन्तीको दिन थियो अर्थात अप्रिल २२ तारिख । विश्व भरिका कम्युनिष्ट विचारधारा भएका मानिसहरुले यो दिनलाई महत्यपूर्ण दिनको रुपमा लिन्छन । विहान मनरिषी जीसँग विविध विषयमा निकै लामो कुराकानी भयो । विहानै रातोलालटिनमा प्रकाशित कविता पढेर मैले आज लेनिन जयन्ती मनाएँ भनेको कुरा ठट््टै ठट््टामा भए पनि निकै अर्थपूर्ण थियो । रातोलालटिन पत्रिकाले पनि बौद्धिक खुराक दिएकै छ भन्ने कुराले मेरो छाति एकैछिन गौरवले गह्रुंगो भएजस्तो ग¥यो ।
म एयरपोर्ट मै बोर्डिङ गेटमा प्लेन कुरेर बसेको थिए । मेलवर्न जाने फ््लाइट त्यो दिन निकै अबेर ग¥यो । करीब डेड घण्टा सम्म डिपार्चरको गेट नजीकैका कुर्चीमा बसेर एकनास सँग एयरपोर्टको जहाजको आवागमन हेरिरहेँ । एडलेटबाट अशोक जीले कल गर्नु भएको थियो । त्यहाँका नेपाली अति नै खुशी भएको कुरा सुनाउनु भयो । एकै छिन पछि मेलबर्नको कार्यक्रमका बारेमा निराजन गौलीसँग कुरा भयो । ब्रिस्बनबाट मेलबर्न पुग्न लगभग दुइ घण्टाको दुरी पार गर्नु पर्छ । त्यहाँ पुगेर त्यही दिन बेलुका एकलै तिन घण्टा कार्यक्रम प्रस्तुत गर्नु पर्ने थियो । करीब डेड घण्टा कुरे पछि जेटस्टार विमानबाट म मेलवर्नतर्फ प्रस्थान गरेँ ।
मेलबर्नमा यसपटकको अन्तिम कार्यक्रम थियो । साँझ हल खचाखच भरिएको थियो । लगातार करीब तिन घण्टा सम्म कार्यक्रम प्रस्तुत गरेर हलबाट निराजन गौलीको घरमा गएर बास बसियो । राती अबेर सम्म कार्यक्रमको समीक्षा गरेर उपस्थित सबैले कार्यक्रमको सफलताको उत्साह मनायौं । विदेशमा लगभग तिन घण्टाको एकल सांगितिक साँझ यो मेरो कल्पना को कुरा थिएन । विदेश बस्ने नेपालीका बीचमा लगातार एक्लै यति लामो समयसम्म कार्यत्रक्रम गरेको यो पहिलो अबसर हो । सांगीतिक प्रस्तुतीको क्रममा मैले जति जति आइटम प्रस्तुत गर्दै जान्थेँ दर्शकहरुमा त्यति त्यति जोस, जाँगर र उत्साह थपिदै गएको अनुभुति हुन्थ्यो । दर्शक दीर्घामा जवानीको जोस, तातो रगतको उल्लास, आस्थाको सगरमाथा र बर्गीय प्रेमको सागर सबै एकैचोटी प्रकट भएको देखिन्थ्यो । कार्यक्रमको सफलताले आयोजकहरुमाझ ठुलो उमंग छाएको थियो । अब अष्ट्रेलियाकोलागि आगामी दिनमा यस्ता कार्यक्रम गर्न ढोका खुला भएको छ र बाटो फराकिलो भएको छ । यसले म भित्र पनि थप विस्वास र दृढता थपिएको छ । देश र जनताको माया अनि जीवन र जगत प्रतिको प्रेमले ओतप्रोत संगीतको मर्म र गहिराइ बुझ््न सक्षम दर्शकको सामु गीत सुनाउदा जुन अनुपम आनन्दको अनुभुति हुनछ , शब्दले व्याख्या गर्न गारो हुन्छ । यस पल्टको अष्ट्रेलियाभरिको सांगीतिक यात्रामा यस्तै नै अनुभुति भइरह््यो ।
मेलवर्नको इल्ग्ँ लगायत विभिन्न संस्थाहरु अनि ती संस्थामा कामगरिरहेका सकृय सदस्यहरु साथै त्यहाँ कृयाशील सामाजिक संस्था तथा कुटनीतिक नियोगमा कार्यरत व्यक्तिहरु चन्द्र योञ्जन, निराजन गौली, लोकराज पौडेल, निरु त्रिपाठी, विक्रम शर्मा, अनन्त पौडेल, साथै मलाई कारमा घुमाएर सामुद्री किनाराका उच्छालसँग लहरिने मौका दिने हार्दिक हार्दिक सबै साथीहरु सबैप्रति म अत्यन्तै आभारी छु । सबैको न्यानो माया सहयोग र साथले मेरो छाति उमंगले छचल्किएको थियो । सबैतिर उमंगै उमंगको वातावरण छाइरहेको बेला मेलबर्नलाई विदा गरेर राती ११ बजे म बैंकक तर्फ उडेँ ।
सिडनीबाट सल्यान र सल्यानबाट सैलुङ सम्मको यात्राको सारा कहानी लेखौं भने एउटा सुनदर उपन्यास बन्न सक्छ । कुनै बेला त्यो दिन पनि आउला । फुर्सतमा बसेर विगतका कहानीमा आधारित कथा कहनी लेखौंला । अहिले म सैलुङको शिरमा बसेर सिडनीका दृष्यहरु नियालिरहेकोछु । चौरी गाई चरिरहने यो डाँडाबाट मन हरर उडेर डल्फिन माछा उफ्रिरहने सिडनीको समुद्रमा विचरण गरिरहेको छ । मेरो साथमा अति नै मिलनसार साथी ताराबहादुर श्रेष्ठ साथै वहाँ कै सहोदर भाइ झम्कबहादुर श्रेष्ठ हुनुहुन्छ । आज सैलुङको डाँडामा पुगेर डडुवा खोलाखर्क झर्ने बेलासम्म अनेकौ चिनेजानेका साथीहरुसँग भेटघाट भैसकेको छ । यस तिन नम्बर प्रदेशका अर्थमन्त्री कैलास ढुंगेल यहीँ आइपुग्नु भएको रहेछ । वहाँसँग सँगै एकछिन सहयात्रा गरियो । त्यसै गरी दोरम्बा गाउँपालिकाका प्रमुख कमानसिं मोक्तान , बडा अध्यक्षहरु ढालबहादुर थापा मगर , मलाइ धेरै पहिले देखि यहाँ आउन आग्रह गरेर यहाँ सम्म ल्याउन अहम्् भुमिका निर्वाह गर्ने रेम बहादुर थापा, अनुप गजुरेल, खड््कबहादुर श्रेष्ठ, चन्द्रबहादुर थामा मगर , गंगबहादुर तामाङ, लाल पदम थापा मगर, लगायत रामेछापका विभिन्न जनप्रतिनिधीहरु साथै धेरै पहिलेदेखि सहयात्रा गरिरहेका प्रिय साथी जगत श्रेष्ठसँग पनि यहीँ भेट भयो ।
रामेछापसँग जोडिएको जिल्ला दोलखाबाट आउनुभएका सैलुङ गाउँपालिका प्रमुख भरत दुलाल , मेलुङ गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ साथै विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुसँग हातेमालो गर्दै खोलाखर्क बजारको तलमाथि आहोरदोहार गरिरहँदा धेरै भावना साटासाट गर्ने मौका मिल्योे । दिउसो तिन बजे कार्यक्रम सकेर हामी काठमाडौतिर प्रस्थान ग¥यौं । बाटोका उबडखाबड र भीमकाय पहरामाथिका डरलाग्दा छाँगा काट््दै हामी कोशी तटमा आएर पूर्वी तराइबाट नदी किनारै किनार आएको उखुम लाग्दो तातो हावाको स्वाद लिइयो । काठमाडौं एयरपोर्टमा रिसिभ गरेर मलाई सैलुङसम्म पुराउने तारा जी, झङ्क भाइ र म तिन जना हाँस्दै गफ गर्दै नेपालटार आएर खाना खाइयो । त्यसपछि राती एक बजेतिर कोठामा आएर लामो यात्राको सिलसिला एक दुइदिनका लागि स्थगित गरियो । मैले सिडनीलाई अष्ट्रेलियाका सबै शहरको प्रतिनिधी शहरको रुपमा लिएर यो संक्षिप्त संस्मरणलाई सिडनीदेखि सैलुङसम्म शिर्षक बनाउने विचार गरेँ । अनुप्रासको सौन्दर्यप्रति लोभिएर मात्र यसोे गरेको हुँ । बास्तवमा मेरो यस पटकको सांगीतिक यात्रा अष्ट्रेलियाको एडलेटबाट सुरुभएको थियो । सिडनी देखि सैलुङसम्मको सांगीतिक यात्राका अायाेजकहरू र सम्पूर्ण सहयात्रीहरु प्रति आभार प्रकट गर्दछु । यस कार्यक्रम र यात्रालाइ अविस्मरणीय बनाउन हरतरहले सहयाेग गर्ने सबैकाे नाम याे सानाे संस्मरणमा उल्लेख गर्न सम्भव भएन तथापि ती सबै साथीहरूकाे तस्वीर मेराे हृदयकाे गहिराइमा सजाएर राखिरहेकाे छु । यस यात्राबाट देश विदेशमा रहेका नेपलीहरूमा जनसंगीत प्रतिकाे अनुराग झन गहिराे र व्यापक हुँदै गैरहेकाे महशुस भएकाे छ ।
प्रतिक्रिया दिनुहोस