नेकपाको एकता प्रक्रिया

कुन संगनठमा को को छन् मुख्य दावेदार ?

सफल खबर संवाददाता

विहीबार, १२ बैशाख २०७६, ०८ : १०
कुन संगनठमा को को छन् मुख्य दावेदार ?

काठमाडौं । जिल्ला तहको एकता सकाएको सत्तारुढ दल नेकपाले अव पार्टीका केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटब्यूरो गठन र जनसंगठनहरुको एकता केन्द्रीत गृहकार्य शुरु गरेका छन् ।

अव वस्ने पार्टी सचिवालय वैठकले यी तिन विषयमा छलफल गर्ने कार्यसूचि तय हुँदैछ । विआरआई सम्मेलनका लागि वुधबार चीन पुगेका वरिष्ठ नेता माधव नेपाल स्वदेश फर्केसँगै वस्ने सचिवालयले यस विषयमा मूर्त निर्णय लिने नेताहरुले वताएका छन् ।

तर नेपाल स्वदेश नखाउादासम्म दुई अध्यक्ष केपीओली र प्रचण्डले यस विषयमा आन्तरिक गृहकार्य गर्ने समझदारी छ ।

नेकपाले १४७ जनाको पोलिटब्यूरो गठन गर्ने छ । ४४१ सदस्यमध्येवाट छानिने पोलिटब्यूरोका लागि तत्कालिन दुवै पार्टीका वीचमा संख्यामा भागवन्डा टुंगिएको छ । जसअनुसार, तत्कालिन एमालेका ८१ र तत्कालिन माओवादी केन्द्रका ६६ जना नेताहरु पोलिटब्यूरोमा समेटिने छन् ।

पूर्व एमालेले एकता अघि पोलिटब्यूरो रहेका सवै नेतालाई समेटदै थप २० नयाँ अनुहार छान्नु पर्ने देखिएको छ । माओवादी तर्फ भने तत्कालिन ९५ जनाको सचिवालयवाटै पर्ने गरी अध्यक्ष प्रचण्डले पोलिटब्यूरो गठनका लागि आन्तरिक गृहकार्य थालेका छ् ।

पोलिटब्यूरो गठन पछि पदीय जिम्मेवारीका आधारमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुने नेताहरुले वताएका छन् । तर जनसंगठनको एकता फेरि नेताहरुका लागि मिलाउन टाउको दुखाईका विषय वन्ने देखिएको छ ।

नेकपाका २२ ओटा जनसंगठनहरु छन् । त्यसमध्ये केहीको एकता सकिएपनि मुख्य र प्रभावशाली मानिने जनसंगठनहरुको एकता भएको छैन ।

कुन जनसंगठमा को छन् आकाक्षी ?
अन्य जनसंगठन भन्दा युवा र विद्यार्थीको नेतृत्व भागवन्डा मिलाउन नेताहरुलाई निक्कै सकस पर्ने देखिएको छ । तत्कालिन पार्टीका जनसंगठनमध्ये यी दुवै मोर्चामा माओवादी निकट संगठनका अहिले नेतृत्वमा रहेका नेताहरु वढी प्रभावकारी र संगठन हाक्न सक्ने देखिएका छन । तर ओली यी संगठनमा तत्कालिन माओवादी को पक्षमा जान दिने पक्षमा देखिन्नन् ।

जिल्ला संगठनमा तत्कालिन एमाले भित्रको ओली र नेपाल पक्षका वीचमा द्दन्द्द देखिएको थियो । त्यही आन्तरिक गुटवन्दी मिलाउन परेको सकसका कारण एकता प्रक्रिया नै लम्विएको थियो । तर जनसंगठनहरुको एकताका क्रममा भने ओली र प्रचण्डलाई जनसंगठनको नेतृत्व वाडफाँडमा सकस पर्ने देखिएको छ ।

विद्यार्थी संगठनमा अखिल क्रान्तिकारीवाट अध्यक्ष रन्जित तामाङ र अनेरास्ववियुवाट महासचिव ऐन महर प्रत्याशी देखिएका छन् । युवामा वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा, र युवा संघवाट अध्यक्ष रमेश पौडेल, महिला संगठनमा अनेमसंघ (क्रान्तिकारी)वाट अध्यक्ष अमृता थापामगर र अनमसंघवाट अध्यक्ष गोमा देवकोटा, पत्रकारमा, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल र प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेत,  मजदुर संगठनमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ र अखिल नेपाल टेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी प्रत्याशी देखिएका छन् ।

किसान संगठनमा अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का अध्यक्ष चित्रवहादुर श्रेष्ठ र अखिल नेपाल किसान महासंघका केशवलाल श्रेष्ठ, जनजाति संगठनमा नेपाल लोकतान्त्रिक आदीवासी जनजाति महासंघका गोकुल घर्ती, राष्टिय मुीक्त मोर्चा संगठनहरुको महासंघवाट सुरेश आलेमगर, जनसास्कृतिक महासंघमा नेपाल जनसास्कृतिक महासंघवाट अध्यक्ष सरल सहयात्री र राष्टिय जनसास्कृतिक महासंघवाट खगेन्द्र राई प्रत्याशी देखिएका छन् ।

दलितमा जितु परियार र तिलक परियार, मधेसीमा रामकुमार शर्मा र जगदीश कुशैयत, खेलकुदमा पुरुषेत्तम पौडेल, शिव कोइराला ज्वाला र टेन्डी शेर्पा प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया दिनुहोस