चितवन । शिक्षासेवी स्वर्गिय केदारनाथ रेग्मीको आत्मानुभव पुस्तकको विमोचन गरिएको छ । अरुणोदय मावि गीतानगरका संस्थापक प्रधानाध्याक रेग्मीका लेखहरुका पाण्डुलिपि सम्पादन गरेर पुस्तकका रुपमा प्रकाशन गरिएको हो । छोरा उदय र शंकरले पुस्तक प्रकाशन गरेका हुन् । पुस्तकको सम्पादन तीर्थराज सुवेदीले गरेका हुन् । पुस्तकमा धर्म, दर्शन र शिक्षा क्षेत्रमा विताएका अनुभव, कविताहरु समावेश छन् ।
व्याकरण मध्यमा उर्तिण, साहित्यमा शास्त्री गरेका स्वर्गिय रेग्मीले कास्की, तनहुँ, लमजुङका १३ ठाउँमा विद्यालय स्थापनमामा योगदान पु¥याएका थिए । २०१७देखि ४९ सालसम्म गीतानगरमा शिक्षणमा सक्रिय बने । पूर्वराजदुत तथा पूर्वप्राध्यापक डा. रविमोहन कोपिला सापकोटा, समाजसेवी नारायण प्रसाद कोइरालाले बुधबार संयुक्त रुपमा पुस्तक विमोचन गरे । सो अवसरमा जेष्ठ नागरिक सेवा समाज नेपालका बरिष्ठ उपाध्यक्ष यमुनाप्रसाद न्यौपाने, पूर्वसांसद शान्ता न्यौपाने, पूर्वप्रधानाध्यापक प्रेमराज लेखकले रेग्मीको योगदानको चर्चा गरे । चितवन साहित्य परिषदका अध्यक्ष प्रकाश चापागाईले कार्यक्रममा सहजिकरण गरेका थिए । साहित्यकारहरुले रेग्मीको सम्झनामा कविता सुनाए । रवि किरण रेग्मी (निर्जिव), रामचन्द्र कोइराला, तारानाथ सुवेदी, इश्वरी प्रधान, सूर्यमणि रेग्मी लगायतले कविता सुनाए । स्वर्गीय रेग्मीको घरमा आयोजित धार्मिक अनुष्ठानका अवसरमा पुस्तक विमोचन भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ बैशाख २०७६, २० : ०४
लेखकबाट थप