भरतपुर महानगरको सार्वजनिक सुनुवाई

गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन

सफल खबर संवाददाता

बुधबार, ११ बैशाख २०७६, १७ : ००
गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन

चितवन । भरतपुर महानगरपालिकाको आयोजनामा चालु आर्थिक वर्षको दोस्रो चौमासिक (मंसिर–फागुन) मा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार वडा नम्बर १६ मंगलपुरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महानगर प्रमुख दाहालले गुनासो नआउने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

भ्रष्टचार विरुद्धको अभियान चितवनको संयोजनमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले दोस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ४० जनाभन्दा बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो र सुझाव राखेका थिए ।

सहभागीहरुको गुनासो तथा सुझावहरूको सम्बोधन गर्दै शहरी विकास तथा भवन विभागका प्रतिनिधि, विद्युत प्राधिकरण, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी लगायतले सेवा प्रवाहमा पारदर्शिता, सुशासन कायम र गुणस्तरीय पूर्वाधार निर्माणमा उच्च निगरानी कायम गरिने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । 

जिसस प्रमुख डल्लाकोटीले सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिँदै गुणस्तरीय विकास नै अबको आवश्यकता रहेको बताउनु भयो । प्रमुख डल्लाकोटीले सम्पूर्ण निकायले योजनावद्ध र दिगो विकासको खाका बनाएर काम गर्नुपर्ने सुझाव दिँदै सुशासन, पारदर्शिता र जवाफदेही हुन सम्पूर्ण निकायलाई आग्रह गर्नुभयो ।
महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताउनु भयो । प्रमुख दाहालले विकास निर्माणका कामहरूको गुणस्तर र समयमा काम नहुने गरेको सम्बन्धी गुनासाहरू बढी आउनु सकारात्मक रहेको बताउँदै महानगरपालिका यसमा अत्यन्तै संवेदनशील रहेको बताउनु भयो । 

प्रमुख दाहालले महानगरपालिकाभित्र अन्य साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा संचालित विकास निर्माणका कामहरूमा गुणस्तर लगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम अगाडि बढाउन निर्देशन समेत दिनुभयो । उहाँले कुनै पनि अनियमितता र  ढिलासुस्ती सैह्य नहुने समेत बताउनु भयो ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउँदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताउनु भयो । यस चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उहाँले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लामा शान्तिसुरक्षा अमनचयन कायम गर्नु आफ्नो प्रमुख दायित्व भएको बताउँदै सम्पूर्ण निकायसँगको समन्वयमा कामकारबाही अगाडि बढाइरहेको बताउनु भयो । प्रजिअ बस्नेतले समाजमा ब्याप्त विकृति र विसंगति अन्त्यको लागि आमनागरिकहरूको निरन्तर सक्रियता रहनु पर्ने बताउनु भयो । कार्यक्रममा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंंह राठौर, नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) का कृष्णराज लभ्ली न्यौपाने, नेपाली काँग्रेसका उत्तम जोशी लगायतले बोलेका थिए ।

यस्तो छ आ.व. २०७५/०७६ दोश्रो चौमासिक (मंसिरदेखि फागुन) को संक्षिप्त समीक्षा :
सामान्य प्रशासन महाशाखा 
    महानगरपालिकाको न्यायिक समितिको पूर्वाधार सम्पन्न इजलासबाट न्यायिक समितिको काम कारवाही शुभारम्म गरिएको ।
    विभिन्न गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न 
    विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध तथा व्यक्तित्वहरुसँग अन्तरक्रिया र भेटघाट
    क्षमता विकास कार्यक्रम 
o    जनप्रतिनिधि तथा कर्मचारीलाई अध्ययन अवलोकन भ्रमण सम्पन्न (नेपालगञ्ज–सुर्खेत)
o    वडा सचिवहरुको क्षमता विकास तालिम सम्पन्न 
    विषयगत समितिको बैठकहरु 
o    सार्वजनिक सेवा प्रवाह तथा संस्थागत सुशासन समितिको बैठक सम्पन्न 
o    सार्वजनिक सुरक्षा अनुगमन तथा मूल्यांकन समितिको बैठक सम्पन्न 
 राजश्व महाशाखा 
    राजश्वको विवरण
क्र. सं.     अनुमानित राजश्व     हालसम्म उठेको    कैफियत 
        शीर्षकगत     लागत सहभागिता     
    ५५ करोड     ३३ करोड    ११ करोड     

    राजश्व परिचालन टोली १- १२ र २९ मा कर तथा राजश्व सम्बन्धी सचेतनामुलक कार्यको साथै नयाँ व्यवसाय दर्ता तथा नवीकरण गरेको 
o    नयाँ व्यवसाय दर्ता – २७५
o    नवीकरण – ३९९
o    राजश्व सम्बन्धी विवरण संकलन -  १०० घरधुरी (sample को रुपमा)
    राजश्व संकलनको लागि सांग्रिला सफ्टवेयरको कार्य विस्तार र अपग्रेट गरिएको 
    व्यवसायिक र घरवहाल करलाई समेत सफ्टवेयरमा इन्ट्री गरी अनलाइन प्रणालीबाट कर लिन थालिएको प्रत्येक वडा बाट अनलाइन प्रणाली बाट कर संकलन 
    कर तथा गैरकर लगाउने तथा उठाउने सम्बन्धी ऐन मस्यौदा तयार तथा आर्थिक ऐन, व्यवसाय कर कार्यविधि र घर वहाल कर कार्यविधि मस्यौदा तयार भइरहेको ।
शहरी पूर्वाधार विकास महाशाखा
१.    वार्षिक कार्यक्रम अन्तरगतका आयोजनाहरु  
    वडास्तरीय आयोजना ९५१ 
o    काम शुरु भएको - ४५० 
o    सम्पन्न आयोजना - २०० 
    नगरस्तरीय 
o    नगर स्तरीय (पूर्वाधार विकास) अन्तर्गत कुल योजना संख्या: १६६
o    सम्झौता भई कार्य सञ्चालन भएका योजना संख्या : ७९ वटा 
    जनसहभागिता अनुसारका आयोजनाहरु 
o    ५०/५० प्रतिशत महानगर र जनशहभागिताबाट रकम खर्च हुने गरी कार्य सञ्चालन भएका योजना संख्या : ५ वटा  
o    ७०/ ३० का १
प्रक्रियामा रहेका कुल योजनाहरु 
o    टेण्डर प्रक्रियाद्धारा सञ्चालन गर्नको लागि सूचना प्रकाशन भई प्रक्रृया अगाडि बढेका योजना संख्या: ५४ वटा
o    सम्झौता समेत भई कार्य सञ्चालन भइरहेका योजना संख्या: ३३ वटा 
o    पर्यटन क्षेत्रका सम्झौता भई कार्य सञ्चालन भएका योजना संख्या: ४ वटा
योजनाहरुको वित्तीय अवस्था 
o    हाल सम्म पेश्की वापत पूर्वाधार बिकास शिर्षकमा (आ. व. २०७४/०७५ का क्रमागत योजना समेत) को भुक्तानी रु. ४३,९६,८८,९९०।१७ (३५.१३ प्रतिशत)
    निर्माण गुणस्तर परीक्षण प्रयोगशाला स्थापना  (माघ १० गते देखि कार्यरम्भ र औपचारिक उदघाटन २०७५ चैत्र १२)
२.    बार्षिक कार्यक्रम बाहिरका आयोजनाहरु    
    अटोल्याण्डः 
o    DPR लागि परामर्शदाता छनौटको चरणमा। 
    महानगरीय चक्रपथ निर्माणः  
o    तटबन्धन सहित चक्रपथको Route तयार गरी डिभिजन सडक कार्यालयलाई DPR तयार गर्न पत्राचार गरिएको।
    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला 
o    धुर्मुस–सुन्तली फाउन्डेसन संग MOU हस्ताक्षर कार्यक्रम मिति २०७५ माघ १६ गते सम्पन्न ।
o    स्थलगत DPR निर्माण र सुभारम्भ कार्यक्रम ( २०७५ माघ २० गते) ।
o    धुर्मुस–सुन्तली फाउन्डेसन कार्य प्रगति प्रस्तुतिकरण तथा छलफल कार्यक्रम मिति (२०७५ फागुन २९ गते ) ।
o    रा. बा. बैंक चौविसकोठीमा महानगरको नाममा छुट्टै खाता खोल्ने एवं महानगरस्तरमा नगर प्रमुख र वडा स्तरमा वडा अध्यक्षको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन निर्णय भएको 
    सिटी हल - DPR को क्रममा (soil test र रुख काट्ने अनुमति)
    बहुउद्देश्यीय व्यापारिक भवन - DPR को अन्तिम चरणमा 
    जिल्ला समन्वय समितिको आयोजना - १
    प्रदेश सरकारको शसर्त 
o    प्रदेश सरकारबाट शसर्त अनुदानमा सञ्चालन हुने कुल योजना संख्या: ३७ वटा
o    सम्झौता भई कार्य सञ्चालन भएका योजना संख्या: २१ वटा
    संघीय सरकारको शसर्त 
o    सडक बोर्डबाट  योजना संख्या ६ वटा (सबै कार्यान्वयन भइरहेको)
o    निर्वाचन क्षेत्र अनुसारको  ७ वटा आयोजना सम्झौता भई कार्यान्वयन भइरहेको
    औधोगिक ग्रामको लागि जग्गा छनौट भई डिजाइन सम्बन्धी कार्य भइरहेको (वडा नं २१ मा) 
योजना अनुगमन तथा सूचना प्रविधि महाशाखा
    तेश्रो नगरसभा सम्पन्न  (२०७५ पौष १०)
    Smart City Planning - परामर्शदाताबाट सरोकारावालासँग छलफल सकेको तथ्याङ्क संकलन भइरहेको 
    भू उपयोग नीति - प्राविधिक टोलीबाट वडागत स्थलगत भ्रमण पश्चात प्रारम्भिक प्रतिवेदन तयार भई कार्यपालिकामा पेश गरिएको । 
    क्षमता विकास कार्यक्रम 
o    उपभोक्ता समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण कार्यक्रम विभिन्न ९ वटा वडा नं. १, २, ९, १५, १६, २१, २२, २३, २४, २५ र २९ मा सञ्चालन गरिसकिएको । 
    अन्य कार्यहरु 
o    नेपाल टेलिकमसँग सम्झौता गरी सबै वडाहरुमा dedicated इन्टरनेट जडान कार्य अन्तिम चरणमा
o    वेवसाइट,  बुलेटिन प्रकाशन,  व्रोसर, वार्षिक समीक्षा पुस्तिका तयारी गरी प्रकाशन तथा वितरण गरिएको । 
स्वास्थ्य तथा सामाजिक विकास महाशाखा
महिला बालबालिका तथा सामाजिक विकास तर्फ 
    किशोरकिशोरी शिक्षा (साईवर अपराध सम्बन्धी) तालिम, 
    १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान 
    जनप्रतिनिधीहरुलाई कानुनी अधिकार सम्बन्धी अभिमुखीकरण  -४ पटक  
    अपाङ्गता परिचय पत्र वितरण- ५६ जना
    दलित दिवसका अवसरमा कानुनी अधिकार सम्बन्धी अन्तरक्रिया -१ पटक
    व्यवहार परिवर्तन र संचार सचेतना सम्बन्धी घरदैलो कार्यक्रम सिवीसको समन्वयमा
    वालमैत्री स्थानीय शासन सम्बन्धी सचेतना कार्यक्रम -१ पटक 
    अन्तराष्ट्रिय बालदिवसका अवसरमा बाल गृहका बालबालिकाहरुको सहभागिता रहेको वाल अधिकार सम्बन्धी चित्रकला प्रतियोगिता - १पटक ४६ जना सहभागी ।
स्वास्थ्य तर्फ
    वडा नं ९ मा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना र संचालन (फागुन ७ गते)
    कडा रोगहरुको विपन्नता अनुदानको सिफारिस दिन शुरु गरिएको 
    MCH क्लिनिक महानगरपालिकामा हस्तान्तरण भइ संचालन गरिएको
    निजी अस्पताल तथा मेडिकल कलेजहरुमा MPDSR (Maternal and Perinatal Death Surveillance Response) तथा Birth defect कार्यक्रमको संचालन नियमित 
    आयुर्वेदको गाँउघर क्लिनिक संचालन ६ ठाँउमा
    अत्यावश्क औषधी खरिद तथा निशुल्क वितरण 

आर्थिक प्रशासन महाशाखा
फाल्गुण मसान्त सम्मको खर्च विवरण                    
विनियोजन रकम    खर्च (प्रतिशत)     वाँकि (रकम)
१ चालु तर्फ     ( १ अर्व ७८ लाख)    ५९.३०    ४०.७
२ पूँजिगत तर्फ (१ अर्व ८१ लाख)    ३३.००    ६७.००

शैक्षिक प्रशासन महाशाखा
    महानगरपालिकाको शिक्षा योजनाको प्रस्ताव तयार 
    आधारभूत तह उत्तीर्ण परीक्षा व्यवस्थापनका लागि अनलाइन सफ्टवेयर व्यवस्थापन गरी १५१ विद्यालयका कक्षा ८ का ६६६४ जना विद्यार्थीहरुको परीक्षालाई चाहिन सम्पुर्ण विवरण अनलाइन अभिलेखाङ्कन गरिएको 
o    सोही अनुरुप नतिजा प्रकाशन १ हप्तामा पुरक परीक्षा १४ गते सकिने १६ प्रकाशन 
    नयाँ विद्यालय तथा कक्षा थप र तह थप अनुमति १८ विद्यालयलाई दिइएको  
    संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि पारित 
वातावरण तथा विपद व्यवस्थापन महाशाखा
    वातावरण तथा विपद् व्यवस्थापनको लागि आवश्यक उपकरण खरिद गरिएको (दमकल ट्याक्टर)
    वातावरणमैत्री वडा घोषणा, वडा नं २४
    रिभर च्यानलिङको काम भइरहेको वडा २७ मा 
    विपद् व्यवस्थापन पूर्वाधार तयारी सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारमा नगरप्रमुख समेतबाट अवलोकन भ्रमण भएको 
    पत्रकार र कर्मचारीलाई विपद् व्यवस्थापन तालिम संचालन (NSET सँगको सहकार्यमा)
आर्थिक विकास शाखा
    कृषि तथा पशुपंक्षि शाखा 
o    ६,८४३ पशुहरुमा कृतिम गर्भाधारण गरेको  
o    १,४५८  पशुहरुमा प्रजनन विकृति सम्बन्धी उपचार 
o    ३३,९०४ पशु पंछीहरुमा उपचार सेवा प्रदान गरिएको
o    ३,३२६पशुहरुको प्रयोगशाला  परिक्षण भर्इ रोग निदानमा सहयोग पुगेको
    सहकारी प्रवर्द्धन शाखा 
o    सहकारी संस्था दर्ता निर्देशिका र  सहकारी संस्था नियमन तथा अनुगमन मापदण्ड २०७५ जारी भएको । 
o    सोही अनुरुप २४ वटा सहकारी अनुगमन कार्य सम्पन्न 
o    राष्ट्रिय सहकारी दिवस मनाइएको 
शासकीय सुधार ईकाइ
    नागरिक वडापत्र कार्यान्वयनमा ल्याइएको 
    महानगरपालिकाको संक्षिप्त परिचय र सम्भावना समेटी डकुमेन्ट्री बनाउने कार्य सम्भौता भइ सुटिङ्गको कार्य सकिएको 
    प्राप्त उजुरीको सम्बन्धमा समयमै कारवाही भएको 

प्रतिक्रिया दिनुहोस