‘कुटुमा कुटु’ ले नेपाली गीतहरुमा धेरै दर्शक पाउने रेकर्ड बनायो

सफल खबर संवाददाता

मंगलबार, १० बैशाख २०७६, १९ : २३
‘कुटुमा कुटु’ ले नेपाली गीतहरुमा धेरै दर्शक पाउने रेकर्ड बनायो

काठमाडौं । दुई बर्ष अगाडि अर्थात ०७४ मा प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’ को एक गीत ‘कुटुमा कुटु’ ले नयाँ रेकर्ड बनाउन सफल भएको छ । गीतले युट्युवमा १० करोड दर्शक पाउदै नेपाली गीतहरुमा धेरै दर्शक पाउने रेकर्ड बनाएको हो । सम्भवत कुनै पनि नेपाली गीत संगीतले युट्युवमा यति धेरै भ्युज पाएको पहिलो हो । 

गीतमा अभिनेत्री स्वस्तिमा खड्का, निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायतको नृत्य रहेको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीत सिवाकोटीले र मेलीना राईसँगको सहकार्यमा गाएका हुन् । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस