राजपामा अनिल झाको लफडा ! महाधिवेशनको अन्यौलता अझै हटेन

सफल खबर संवाददाता

मंगलबार, १० बैशाख २०७६, ०८ : २१
राजपामा अनिल झाको लफडा ! महाधिवेशनको अन्यौलता अझै हटेन

काठमाडौं । मधेस केन्द्रीत दल राष्टिय जनता पार्टी (राजपा) मा अध्यक्ष नै ६ जना छन् । ६ओटा मधेस केन्द्ररुीत दल मिलेर राजपा गठन भएको यो वीचमा ४ जना नेता (महन्थ ठाकुर, महेन्द्रराय यादव, राजेन्द्र महतो र शरदसिंह् भण्डारी) ले चक्रिय प्रणालीका आधारमा पार्टीको अध्यक्षमण्डलको अध्यक्षताको जिम्मेवारी लिईसकेका छन् । बाँकी छन् त केवल अनिल झा र राजकिशोर यादव । भण्डारी पछि पालो झाको छ । त्यसपछि यादवको । तर पार्टी महाधिवेशनको पूर्व निर्धारित कार्यक्रम अनुसार हुने हो भने झा र यादवले चक्रिय प्रणालीका आधारमा अध्यषमण्डलको अध्यक्षता गर्ने जिम्मेवारी पाउने छैनन । अर्थात अहिलेकै अध्यक्षमण्डलका अध्यक्ष शरदसिंहकै पालामा महाधिवशेन हुने हुन्छ । यो कुरा झालाई मन परेको रहेनछ । यादवले अध्यक्षमण्डलको अध्यक्ष वन्ने तिर चासो नदेखाएपनि झाले भने सोमबारको वैठकमा प्रष्टैसँग देखाएको राजपा स्रोतले वतायो ।

आउने महाधिशेनवाट झाले पार्टी नेतृत्व पाउने सम्भावना कम छ । यो कुरा उनलाई राम्रोसँगै हेक्का छ । तर उनलाई पनि पार्टीको एकपटक अध्यक्ष मण्डलको अध्यक्ष हुने रहर छ । त्यही रहर उनले सोमबारको पार्टी वैठकमा देखाएका हुन् । झाले चक्रीय प्रणालीअनुसार ४ जनाले पार्टीको संयोजन गरिसकेकाले अब आफ्नो पालो आउन्जेल पर्खनुपर्ने धारणा बैठकमा राखेका थिए ।

नेताहरुका आ आफनै रहर र महाधिवेशन कुन शैलीमा गर्ने भन्ने विवाद चर्किएपछि राजपाको महाधिवेशनको अन्यौलता अझै हटन सकेको छैन , वरु विवाद चर्किएको छ । पार्टीको पदाधिकारी समितिको सोमबारबाट सुरु बैठकमा अध्यक्षमण्डलका ६ जना नेताले पाँचथरी धारणा राखेका छन् । अध्यक्षमण्डलका संयोजक शरदसिंह
भण्डारीले ६ वटा दल मिलेकाले पहिले एकता महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । भण्डारीको धारणामा नेता राजेन्द्र महतोले समर्थन गरे । महाधिवेशन आयोजक समितिका संयोजक समेत रहेका महन्थ ठाकुरले भने ठोस धारणा नै राखेनन् । अर्का नेता महेन्द्र यादवले भने पहिले सदस्यता र विधानको विषय टुंग्याउनुपर्ने धारणा राखे ।

अध्यक्षमण्डलका अर्का नेता राजकिशोर यादवले भने नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्  । दुई वर्षअघि एकता भएको राजपाले आउँदो असारसम्म महाधिवेशन गरिसक्नुपर्छ । तोकिएको समयमा महाधिवेशन नभए पार्टीको वैधानिकतामा संकट आउँछ । मंगलबारबाट पदाधिकारी समितिका नेताहरूले धारणा राख्ने क्रम शुरु हुने नेताहरुले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस