-प्रेम पुन मगर
लाहुरे बा लौरीको भरमा एटाउटा घुमिरहनुहुन्थ्यो।
छोरा बुहारी छोरी जुँवाई सबै मिलेर धेरै उपचार गराए पनि तर उनको आँखाको ज्योति फर्केन।
हामीहरु मध्य कोही एक छिन पनि उहाँ सामु बस्दा गफ गर्दा सारै खुशी हुनुहुन्थ्यो ।तर मान्छेको काहाँ समय थियो र ।आफ्नै काम धन्दाले भ्याई न भ्याई हुन्थ्यो ।
एक दिन म केही समय खाली थिएँ। केही समय उँहाको पनि समय बिटोस सोचेर उहाँ बस्ने आँगनमा पुगे।
-लाहुरे बा ढोगे है।
-ए कान्छा होस् ल भाग्यमानी हुनु।
-सञ्चै हुनुहुन्छ होला नि बा?
-"के सञ्चो भन्नु बाबू अन्धो मान्छे सबैको हेला भएर बाँच्नु परेको छ।हरेक परिस्थिति मा सहि सत्यमा चल्नु बाबू नत्र भने मलाई जस्तै श्राप लाग्ने छ।भगवानको घरमा अबेर होला तर अँधेर छैन भन्थे साँचो रैछ बाबू। काल पनि आएन।"
-"होईन लाहुरेबा के नचाँहिदो कुरा गर्नु हुन्छ के को श्राप कस्तो श्राप हो ? रोग त हर कसैलाई आईहाल्छ नि रोग भनेर काहाँ आउछ र कति खेर कसलाई के रोग लाग्ने हो कसलाई के थाहा ? श्राप श्राप केही होईन त्यस्तो नसोच्नुहोस्।"
-होईन बाबू मलाई त श्राप नै लागेको हो यदि यस्तो हुन्छ थोरै पनि मनमा ज्ञान आईदिएको भए मैले त्यो गल्ति गर्ने नै थिएन।
-कुन गल्ति कस्तो गल्ति हो र बाबा?
- "मेरो पल्टन उस समय आसाममा थियो । उटा बोर्डरमा अचानक युद्ध शुरु भएछ।हामीलाई बिहानै युद्धमा जानू पर्ने अर्डर आयो ।त्यसै समय मेेले धुलो खुर्सानी दुबै आँखामा छ्यापे र बिरामी भएको नाटक गरेर हस्पिटल भर्ना भएँ। त्यसैको श्राप भग्दैछु ।"
प्रतिक्रिया दिनुहोस