काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । “ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालिन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।
महानिरीक्षक खनालले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बढेको भन्दै अझै राम्रो सेवा प्रदान गर्न आग्रह गर्नुभयो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीन महीने कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो ।
हाल काठमाडौँ उपत्यकामा एक हजार ५०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन तथा काठमाडौँ उपत्यमामा मात्र ११ लाख सवारी साधन चल्ने गरेका छन् ।
चन्द्रागिरि महोत्सव सम्पन्न, दुई करोडको कारोवार धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरिमा दोस्रो ‘चन्द्रागिरि महोत्सव’ सम्पन्न भएको छ । ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ, भन्ने मूल नाराका साथ चैत २९ देखि शुरु भएको महोत्सव शनिबार सम्पन्न भएको हो । चन्द्रागिरि नगरपालिकाको मुख्य आयोजना भएको महोत्सवमा रु दुई करोड २५ लाख बराबरको कारोवार भएको महोत्सवका संयोजक रामनारायण घिमिरेले जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा भएको महोत्सवमा ६५ हजारले महोत्सवको अवलोकन गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । नौ दिनसम्म चलेको महोत्सवमा स्थानीय कृषिउपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इञ्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फारम सङ्कलगायतका १०० भन्दा बढी कक्ष रहेका थिए । रासस
प्रतिक्रिया दिनुहोस