काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैङ्किङ सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैङ्किङ क्षेत्रमा आएको अराजकताले दीर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएका छन् ।
उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरूको असर पनि धेरै ठाउँमा छ । यस्ता चुनौतीहरू भए पनि बैंकका साथीहरू खट्नुभएको छ । हामीले पनि निरन्तर रूपमा सम्बन्धित निकायहरूमा बैङ्किङ सिस्टममा यो अराजकताको असर कति ठूलो छ ।
दीर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौँ । र यस विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको छ । यस्ता विषयहरू सधैँ रहँदैनन् । समाधान हुँदै जान्छन् ।’पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरु व्यवस्थित हुँदै गएको बताए ।
उनले भने, ‘समग्र रूपमा अर्थतन्त्रका आधारभूत कुराहरू एकदमै राम्रो देखिन्छन् । हामी बाह्य क्षेत्रमा सबल छौ । मुद्रास्फीति पनि धेरै तहम्म बढेको छ । पछिल्लो महिना बाढी पहिरोको कारण असर परेको हो जसका कारण खाद्य र पेय पदार्थ तिरको मुद्रास्फीति बढेको छ ।
तर पनि औसतमा अहिले सम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ त्यो मुद्रास्फीति भएको अवस्था छ । बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरु व्यवस्थित छन् । बैंकहरु नाफा र रिकभर हुदैँछ ।’
उनले पछिल्लो २ महिनामा पुँजीगत निर्माणसँग सम्बन्धित सामानहरू आयात हुन थालेको भन्दै सकारात्मक पक्ष र क्षमता धेरै हुँदा निरुत्साहित नहुन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौद्रिक नीतिलाई अनुसरण नगरे शिथिलता कायमै रहन्छ : गभर्नर अधिकारी
सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीका सुझावलाई सम्बोधन गर्छौँ : गभर्नर अधिकारी
सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्दैन : गभर्नर अधिकारी
नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी
राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्दछ: गभर्नर अधिकारी