काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको भवानीपुर जीतपुरका तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानि नोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविकको आदर्श गाविस भवानीपुर जीतपुर, बारा (हाल जीतपुरसिमरा उपमहानगरपालिका)का तत्कालीन सचिवले विभिन्न आर्थिक वर्षमा गाविसमा विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा अन्सारीले गुदरी बजार र मीना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको खुलेको थियो ।
साथै उनले सटर उपलब्ध गराउँदा लिएको धरौटी बापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाई बरबुझारथ समेत नगरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, १२१ जना उपभोक्ताहरूबाट लिएको आव २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भए बमोजिमको धरौटी बापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ हिनामिना गरेको आरोप आयोगले जनाएको छ ।
आयोगले उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुर टुडेका प्रधान सम्पादक यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कोशी अस्पतालका रेडियोग्राफरविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली प्रमाणपत्र पेस गर्ने प्रशिक्षकविरुद्ध मुद्दा दायर
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारलाई हर्क साम्पाङको जवाफ: श्रमदान अभियानको खेदो नखन्नु, तिर्खाएका मानिसहरूको श्राप लाग्ला
जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा