सहकारीको भूमिकालाई बढाउदै लैजानुपर्छ : प्रचण्ड

आइतबार, ०८ बैशाख २०७६, १५ : ३९
सहकारीको भूमिकालाई बढाउदै लैजानुपर्छ : प्रचण्ड

भरतपुर । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारीको भूमिकालाई बढाउदै लैजानुपर्ने बताउनु भएको छ । आइतबार भरतपुर–१० स्थित जिल्ला सहकारी संघ चितवनद्वारा सञ्चालित साझा पेट्रोल पम्पको उद्घाट गर्दै उहाँले सहकारीको भूमिकालाई बढाउदै लगे संविधानले परिकल्पना गरेको अर्थिक नीति साकार हुने बताउनुभयो ।
‘लामो प्रयत्न,संर्घष र उतारचढावपछि संविधान बनेको छ, उहाँले भन्नुभयो,‘संविधानले अबको राज्यको परिकल्पना समाजबाद उन्मुख हुने परिकल्पना गरेको छ । अर्थको नीतिको परिकल्पना गर्दा ३ खम्बे अर्थ नीति भनेर परिकल्पना गरेको छ । सार्वजनिक, निजी र सरकारीको सहकार्यले मात्र देशको अर्थतन्त्रलाई अगाडि बढाउन सकिन्छ ।’
उहाँले प्रमुख राजनीति दल र नेताहरुबीच देशलाई समाजिक न्यायासहितको आर्थिक युगतिर लैजाने संकल्प गरिएको बताउनुभयो । ‘आउने दशकमा विकास र समृद्धिका थुप्रै परियोजनाका रेकर्डहरु बन्दैछन्,उहाँले भन्नुभयो,‘नेपालको भौगोलिक विविधता, यहाँको प्रकृति स्रोत साधानको प्रयोग विज्ञान र प्रविधिको प्रयोग गरेर धेरै परियोजना देखा पर्नेछ । देशको विकास ३ खम्बे अर्थ नीतिबाट मात्रै सम्भव छ ।’ 
उहाँले चितवनका सहकारीहरुले नमुना पेट्रोल पम्प सञ्चालन गरी देशमा नयाँ सन्देश दिन खोजेको बताउनुभयो । यही अभियानमा सामेल हुन देशका हजारौ सहकारीले जमर्को पनि गरिरहेको उहाँको भनाई छ । उहाँले सहकारीमार्फत ३ सयभन्दा बढी उद्योगहरु सञ्चालनको तयारीमा रहेको जानकारी दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेल, राष्ट्रिय सभा सांसद पावर्ती रावल, प्रदेश सांसद विजय सुवेदी, घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठ, भरतपुर महानगर प्रमुख रेनु दाहाल लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाका २ सय ९४ वटा सहकारी संस्थाको ४ करोड ६६ लाख ३७ हजार रुपैयाँको लगानीमा पेट्रोल पम्प संचालनमा आएको पेट्रोल पम्प संचालक उपसमितिका संयोजक भक्तिराम अधिकारीले जानकारी दिनुभयो । पेट्रोल पम्पको कुल क्षमता १ लाख ४ हजार लिटर मध्ये पेट्रोल ४४ हजार लिटर र डिजल ६० हजार लिटर भण्डारण गर्न मिल्ने अधिकारीले बताउनुभयो । पेट्रोल पम्पले बजार भाउ भन्दा प्रति लिटर २५ पैसा सस्तो पर्ने जनाएको छ । 

 

 
 

प्रतिक्रिया दिनुहोस