चितवन । चौवीसौं वन्यजन्तु सप्ताहाको समापनका अवसरमा राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीसहित संरक्षण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । हरेक वर्ष वन्यजन्तु सप्ताहको समापनका अवसरमा एक जना पत्रकारलाई सम्मान गरिदै आएको छ । सोहि क्रममा चितवनमा रहेर अधिकारीले झण्डै दुई दशकदेखि वन, वन्यजन्तु र जैविक विविधता सम्बन्धी विभिन्न समाचारहरु मार्फत जनचेतना अभिवृद्धि गरी वन्यजन्तु र जैविक विविधता संरक्षणमा विशेष योगदान प¥याएको भन्दै सम्मान गरिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सोहि अवसरमा आज दुई जना संरक्षण कर्मीहरुलाई पुरस्कृत समेत गरेको छ । सो अवसरमा कञ्चनपुरका संरक्षण कर्मी पुस्कर वहादुर सिंहलाई वन्यजन्तु संरक्षण पुरस्कार र ललितपुरका मुकेशकुमार चालिसेलाई राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय निकुञ्ज विभाग अन्तर्गत विभिन्न कार्यालयहरुमा रहेर संरक्षण क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कर्मचारीहरु, मध्यवर्ती क्षेत्रका प्रतिनिधि, दातृ निकायका प्रतिनिधिहरुलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण प्रसाद ओली र पूर्वसचिवहरुले पुरस्कार वितरण एवं सम्मान गर्नु भएको थियो । कार्यक्रममा ओलिले वन र वन्यजन्तु संरक्षणमा सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभयो ।
समापन समारोहमा नेपाल सरकारका पूर्वसचिव डा. स्वयम्भुमान अमात्य, पूर्वमहानिर्देशक विश्वनाथ उप्रेती, संरक्षणकर्मी प्रा.डा. मुकेश कुमार चालिसे, पुस्कर वहादुर सिंह, निकुञ्ज विभागका महानिर्देशक मनवहादुर खड्का, उपमहानिर्देशक गोपालप्रकाश भट्टराई लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा लामटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका चराहरु, वर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका चराहरु विषयक पुस्तक, नेपालका संरक्षीत क्षेत्रमा जैविक विविधता संरक्षण तथा व्यवस्थापन र अपिनम्पा संरक्षण क्षेत्रको जैविक विविधता प्रोफाईलको लोकापर्ण गरिएको थियो ।
यस्तै वन्यजन्तुमैत्री सडक संरचनाको नमुनाको सार्वजनिकि करण र वन्यजन्तुमैत्री सडक संरचनाको नमुना हस्तानानतरण गरिएको थियो । वन्यजन्तु सप्ताहका अवसरमा आयोजित विभिन्न कार्यक्रमहरुमा उत्कृष्ट हुनेहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस