तनहुँ । चट्याङ लागेर तनहुँमा शनिबार राति एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–१० लोकदीटारकी २४ वर्षीया भूमिका खत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खत्रीको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । चैते दशैँ मनाउन माइती घर पुग्नुभएकी उहाँलाई चट्याङ लागेको थियो । सोही वडाको मीनामखानी माइती घर पुग्नुभएकी उहाँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित ज्ञानबगैँचा बोर्डिङ स्कुलमा अध्यापनरत हुनुहुन्थ्यो ।(रासस)
प्रतिक्रिया दिनुहोस