काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट घर फिर्ता हुनुभएको छ । ज्वरो र खोकीले अस्वस्थ्य हुनुभएका उहाँ अवस्था सामान्य भएपछि आज घर फर्कनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री नेपाल गत आइतवार ज्वरो र खोकी भएपछि अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकाले उहाँलाई ज्वरोसंँगै खोकी लागेको थियो । त्रिविका चिकित्सक डा सन्तकुमार दास, डा निरज बम र डा सविन थपलियाको टोलीले उहाँको स्वास्थ्योपचार गरेको थियो । चिकित्सकले नेता नेपाललाई एक हप्तासम्म आराम गर्न सुझाव दिनुभएको छ । चिकित्सकको सुझावअनुसार एक हप्तासम्म भेटघाटका कार्यक्रम बन्द गरिएको गौतमले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस