बाबुले बलात्कार गरेको भन्दै चितवनमा छोरीको उजुरी

सोमबार, २५ चैत्र २०७५, १८ : ३७
बाबुले बलात्कार गरेको भन्दै चितवनमा छोरीको उजुरी

चितवन । चितवनमा बाबुले बलात्कार गरेको भन्दै छोरीले जाहेरी दिएकी छिन् । पूर्वीचितवनको खैरहनी १ निवासी १५ बर्षिय एक बालिकाले आफ्नै बाबु बिरुद्ध हाडनाता करणीको जाहेरी दिएकी हुन् ।

बाबुले पछिल्लो दुई महिनायता आफूलाई पटक पटक करणी गरेको भन्दै बालिकाले इलाका प्रहरी कार्यालय खैरहनीमा सोमबार जाहेरी दिएकी हुन् । आमा सुत्केरी भएर मामाघर गएको र सोहि समयमा बाबुले आफूलाई बलात्कार गरेको भन्दै बालिकाले जाहेरी दिएकी छिन् ।

बालिकाको बाबु अहिले फरार रहेको र उनको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । बालिकाको जाहेरी आएपछि बालिकाको स्वास्थ्य परिक्षणको लागि पठाइएको र घटनाको थप अनुसन्धन भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक धनदेव साँउदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस