पोखरा विश्वविद्यालयबाट अक्स्फोर्ड कलेजलाई छैटौं पटक पूनः गोल्डमेडल

सफल खबर संवाददाता

विहीबार, २१ चैत्र २०७५, १५ : ४०
पोखरा विश्वविद्यालयबाट अक्स्फोर्ड कलेजलाई छैटौं पटक पूनः गोल्डमेडल

चितवन । बिगतको नतिजालाई निरन्तरता दिँदै नवलपुरको गैंडाकोटस्थित अक्स्फोर्ड कलेज अफ इन्जिनियरीङ्ग एण्ड म्यानेजमेन्टले बिगत आठ वर्ष भित्रमा छैंटौ पटक गोल्ड मेडल माथी पूनः कब्जा जमाउन सफल भएको छ । पोखरा बिश्वविद्यालयद्धारा यही चैत्र २० गते आयोजित १६ औं दिक्षान्त समारोहमा बिज्ञान तथा प्रविधि संकायतर्फ संचालित बि.सि.ए. कार्यक्रममा कुल ४.० मा ३.९२ CGPA ल्याउन सफल  अक्स्फोर्ड कलेज अफ इन्जिनियरीङ्ग एण्ड म्यानेजमेन्टका मेधावी छात्र नबिन कुमार कलवारलाई बिश्वविद्यालयका सह–कुलपति तथा माननिय शिक्षामन्त्री गिरीराजमणी पोख्रेलको बाहुलीबाट OCEM Gold Medal प्रदान गरिएको छ । यस अघि यसै कलेजबाट बि.सि.ए. मा नै कमल पाठक (२००६–२०१०), रमेश उप्रेती (२००८–२०१२), नमिता बास्तोला (२०१०–२०१४), महेश श्रेष्ठ (२०११–२०१५) र कृष्ण वस्याल (२०१२–२०१६) ले गोल्ड मेडल प्राप्त गरेका थिए । ईन्जिनियरीङ्गतर्फ निरज दहाल (२००८–२०१२), रबि घिमिरे (२००९–२०१३) ले बिश्वविद्यालयमै उच्च अंक प्राप्त गरेका थिए । 

आफ्नो उत्कृष्ट शैक्षिक नतिजाको निरन्तरता दिँदै कलेजबाट यस वर्ष व्यवस्थापनमा बि.बि.ए. तर्फ सलोनी राठी, निमकुमारी तिवारी, प्रिन्स भण्डारी र अस्मिता पौडेल तथा बिज्ञान तथा प्रविधि संकायमा बि.सि.ए. तर्फ नबिन कुमार कलवार, सुदर्शन सुवेदी, अस्मिता भण्डारी, मोनिका पौडेल र अमृत पौडेल इन्जिनियरीङ्ग संकायतर्फ बिराज थापा (Ele & Elex) र प्रदिप आचार्य (BE Civil)  गरी कुल १२ जना यस वर्ष Dean's List  मा पर्न सफल भएका छन् । Dean's List भन्नाले ४.० मा ३.७० भन्दा बढी CGPA ल्याई बिश्वविद्यालयको शैक्षिक मापनमा बिशिष्ट श्रेणी कायम गरी कुलपति (प्रधानमन्त्री) वा सह– कुलपति (शिक्षामन्त्री) बाहुलीबाट दिईने बिशेष किसिमको प्रमाणपत्र वा पदक हो । विश्वविद्यालयको इतिहासमा अक्स्फोर्ड कलेज अफ इन्जिनियरीङ्ग एण्ड म्यानेजमेन्टले बि.बि.ए. तर्फ ४२ जना, बि.सि.ए. तर्फ ३५ र इन्जिनियरीङ्गतर्फ ६ जना गरी जम्मा ८३ जना बिद्यार्थीलाई Dean's List  मा समावेश गराईसकेको छ ।  

कलेजका प्रिन्सिपल ई. हरि प्रसाद भण्डारीले यस प्रकारको नतिजाको निरन्तरताले आफुहरुलाई थप हौशला मिलेको भन्दै आगामी दिनमा समेत अझै राम्रो नतिजाको लागि कलेज प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।

अक्स्फोर्ड कलेजद्धारा राहत बितरण सम्पन्न

गत चैत्र १७ गतेको राती बारा र पर्सा जिल्लामा पर्ने भरवलिया–हरजन गाउँ बस्तीमा अचानक आएको आँधीवेरीबाट प्रभावित घर परिवारलाई अक्स्फोर्ड कलेज अफ इन्जिनियरीङ्ग एण्ड म्यानेजमेन्टद्धारा यही चैत्र २० गते खाद्यन्न लगायत लत्ताकपडा सहितको राहत सामाग्री बितरण गरिएको छ । उक्त राहत बितरण कार्यमा कलेजका तर्फबाट तिलकराम पन्थी र नारायण सापकोटाले नेतृत्व गर्नुभएको थियो भने प्राध्यापक, कर्मचारी र बिद्यार्थीसहित करिब असी जनाको सहभागिता रहेको कुरा कलेजका प्रिन्सीपल ई. हरि भण्डारीले जानकारी दिनुभयो । 

उक्त राहत सामाग्रीमा स्वयं अक्स्फोर्ड कलेज, कलेजका प्राध्यापक तथा कर्मचारीहरु एवं बिद्यार्थीहरुको प्रत्यक्ष योगदान रहेको कुरा पनि उहाँले जानकारी गराउनु भएको छ । यसरी राहत सामाग्री बोकेर गएको टोलीले वारा र पर्साको सिमानामा पर्ने भरवलिया हरजन वस्तीका पिडितहरुलाई स्थानीय वडा अध्यक्ष र प्रहरी प्रशासनको रोहवरमा प्रभावित १५० परिवारलाई प्रत्यक्ष रुपमा घरघरमा गई राहत सामाग्री बितरण गरेको थियो । साथै उक्त घटनामा परी दिवंगत हुनेहरुको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्रदान होस भन्ने कामना समेत कलेजले व्यक्त गरेको कुरा उहाँले जानकारी गराउनु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस