अक्सफोर्ड कलेज र विद्यार्थीबीच सहमति

सफल खबर संवाददाता

आइतबार, १० चैत्र २०७५, २१ : ४८
अक्सफोर्ड कलेज र विद्यार्थीबीच सहमति

चितवन । गैँडाकोटको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका विद्याथीरुले कलेज प्रशासनमा लगाएको ताला खुल्ने भएको छ । कलेज र तीन जना  विद्यार्थीबीच भएको उक्त सहमतिअनुसार ताला खुल्ने  भएको हो । विद्यार्थीहरुले चैत ६ गतेदेखि कलेज प्रशासनमा ताला लगाएका हुन् । 

कलेजका कारण सातौँ र आठौँ सेमेष्टरमा दुई विषय अनुत्तीर्ण भएका तीन जना विद्यार्थीहरुले चैत ४ र ५ गते भएको मौका परीक्षा दिन नपाएको भन्दै विद्यार्थीहरुले ताला लगाएका थिए । सहमतिअनुसार कलेजले मौका परीक्षाको लागि निरन्तर पहल गर्ने भएको छ । 
मौका परीक्षा दिन नपाएका विद्यार्थी र कलेज प्रशासनबीच भएको छलफलमा विद्यार्थीहरुलाई निःशुल्क एमबीए पढाइदिने सहमति भएको छ । कलेजका प्रिन्सिपल हरि भण्डारीले प्राविधिक त्रुटिका कारण नतिजा प्रकाशनमा समस्या आएको भन्दै मौका परीक्षा दिने वातावरण बनाइने बताउनुभयो ।  



 

प्रतिक्रिया दिनुहोस