गोलाघाटस्थित नारायणी नदीमा डुबेर जितपुरका एक बालक बेपत्ता

सफल खबर संवाददाता

शनिबार, ०९ चैत्र २०७५, ११ : ४३
गोलाघाटस्थित नारायणी नदीमा डुबेर जितपुरका एक बालक बेपत्ता

चितवन । भरतपुर महानगरपालिका २८, गोलाघाटस्थित नारायणी नदिमा बिहिबार पौडी खेल्ने क्रममा एक बालक नदीमा डुबेर बेपत्ता भएका छन् । जितपुर बस्ने सन्दिप चौधरीका छोरा अन्दाजी १२ बर्षका मनिष चौधरी बिहिबार दिउँसो २ बजे नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता भएका बालकको खोजिका लागि उक्त स्थानमा बिपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट प्रहरी निरीक्षक ईश्वरी अधिकारीको कमाण्डमा ७ जनाको गोताखोरको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन आँपटारीबाट प्रहरी निरिक्षक भोला कुमार श्रेष्ठको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटिएको थियो । उक्त टोलीले बिहिबार र शुक्रबार  दिनभरी खोजतलास गर्दा पनि डुबेर बेपत्ता भएको बालकको लास नभेटिएको सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण आँपटारी चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस