घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउने अडानबाट पछि हट्यो सरकार

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०७५, २० : ०२
घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउने अडानबाट पछि हट्यो सरकार

काठमाडौँ । घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने अडानबाट सरकार पछि हटेको छ । नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्श लगायतका निजी क्षेत्रका प्रतिनिधी मुलक संस्थाहरुको विरोधपछि सरकार पछि हटेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले घरेलु तथा साना उद्योगमा लगानी भित्रिन नदिने स्पष्ट पारे । मौलिक प्रकृतिका र आत्मनिर्भरताको बाटोमा रहेका घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउन लागिएको भन्दै सांसदहरुले प्रश्न गरेपछि मन्त्री खतिवडाले सरकारको धारणा राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस