नेपाल विद्यार्थी संघ माथि पार्टीको हस्तक्षेप हुनु हुँदैन : नेता पौडेल

मंगलबार, २१ फागुन २०७५, १९ : ११
नेपाल विद्यार्थी संघ माथि पार्टीको हस्तक्षेप हुनु हुँदैन : नेता पौडेल

चितवन । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाल बिद्यार्थी संघ माथि पार्टीको हस्तक्षेप हुन नहुने बताउनु भएको छ । मंगलबार भरतपुरमा पत्रकारहरुसंग कुराकानी गर्दै पौडेलले यस्तो बताउनु भएको हो ।  

नेबि संघलाई पार्टीले चलाउन खोजेपछि समस्या आएको उहाँले बताउनु भयो । पार्टीले समन्वयको भूमिका निर्वाह गर्नु पर्ने बताउँदै उहाँले भन्नुभयो “नेबिसंघको बिधान पार्टीले वनाउने नेतृत्व पार्टीले वनाउने हो भने काम गर्न सक्दैन ।” नेबिसंघ भातृ संस्था भएकाले आफ्नो बिधान अनुसार चल्न दिनु पर्ने उहाँको भनाई थियो । बिद्यार्थीहरुको विषयमा पार्टीभित्र छलफल नै गर्न नहुने उहाँको तर्क छ । आँफै बिधान र पद्धति अनुसार चलेको नेपाल बिद्यार्थी संघलाई हस्तक्षेप गर्दा पार्टीको संरचनालाई समेत असर गर्ने उहाँको भनाई थियो ।

एक फरक प्रसंगमा बोल्दै नेता पौडेलले पार्टी भित्र देखिएको अल्पमत र वहुमतको परिपाटिको अन्त्य हुन जरुरी रहेको बताउनु भयो । यसले गर्दा नेता तथा कार्यकर्तामा नैरास्यता छाउने उहाँको भनाई छ । काँग्रेस आम निर्वाचनमा गणीतिय हिसावले हार वेहोरी सकेको बताउँदै उहाँले अब यसलाई आत्मसाथ गर्दै पार्टी भित्रको बिबाद मिलाएर अघि वढ्नुको विकल्प नरहेको बताउनु भयो ।

अहिलेको नेतृत्वले समझादरीका साथ अघि बढेको खण्डमा आगामि निर्वाचनमा शक्तिशालि पार्टी बन्ने निश्चित रहेको उहाँको भनाई छ । पार्टी भित्र एकता नहुँदा कार्यकर्तामा नैरास्यता छाएको उहाँले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस