गोरखाको अजिरकोटमा बाँदर आतंक, स्थानीयहरु चिन्तित

मंगलबार, २१ फागुन २०७५, १९ : ०१
गोरखाको अजिरकोटमा बाँदर आतंक, स्थानीयहरु चिन्तित

गोरखा । अजिरकोट ३ हंसपुर निवासी विजयप्रसाद अधिकारीको नाती नातीनीहरु खेतमा लगेर ठूलो आवजमा गीतमा नचाँएर बाँदर धपाउने दैनिकी नै बनेको छ । गोरखा जिल्लाको उत्तरी गाउँपालिका अजिरकोट ३ का अन्य स्थानीयको पनि उहाँ जस्तै  हालत बनेको छ । सो बस्तीमा बाँदरको आतंकले स्थानीयहरु चिन्तित बेनेका छन् ।

स्थानीयले लगाएका फलफूलमात्र नभई अन्नबाली तथा घरमा भण्डारण गरेका खाद्यान्न पनि कसरी जोगाउने भन्ने चिन्तामै दिन बित्ने गरेको छ । रातीको समयमा बाँदर जङगल पस्ने र विहान भएपछि बस्तीमा आउने गरेकाले हरेक घरका एक जना बाँदर धपाउने डियूटी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बाँदरले आतंक मच्चाउन थालेपछि स्थानीयले कृषि पेशा नै छाडेन मनस्थितिमा पुगेका छन् । स्थानीयले लगाएका लसुन, प्याच र आलु खेतीमा बाँदरले हिमामिना गरिदिएको जिवनाथ अधिकारीले दुखेसो पोख्नुभयो ।
अघिल्ला वर्षमा कहिले काहीँमात्र देखा पर्ने बाँदर अहिले ठूलो संख्यामा गाउँमा चाहर्ने गर्दछन् । ‘खेती खान मिल्ने भए खान्छ नमिले नष्ट गरेर छाड्छ,अधिकारीले भन्नुभयो,‘ बाँदरले कृयाकलापले अन्य ठाँउमा बसाँई सर्नुपर्ने अवस्था आएको छ । अलैंचीको झाडीमा बाँदरले कब्जा नै जमाएको छ ।’
केटाकेटी र बुढापाकालाई धपाउँदा टेर्दै नटेर्ने बाँदरले युवाहरुले गुलेली र झटारो देखाएपछि मात्र भागेको जस्तो गर्ने गरेको उहाँले बताउनुभयो ।  पूर्वाधार विकासमा भर्खरै गति लिईरहेको यस गाउँमा बाँदरले स्थानीयलाई दुखी तुल्याएको छ ।  पहिले तरकारी र फलफुल टन्न उत्पादन हुने यस स्थानमा अहिले आलु लगायत तरकारी तथा खाद्यान्नहरुमा बजारको भर पर्ने अवस्थामा स्थानीय पुगेका छन् । 
समयमै बाँदर व्यवस्थापन गर्न स्थानीय सरकारले ध्यान दिनुपर्नेमा यहाँको स्थानीयहरुको भनाई छ ।
अन्य क्षेत्रहरुको  समाचारहरुमा आएजस्तै तालिमप्राप्त विशेषज्ञहरुले बाँदर धपाउने तथा बाँदर भाग्ने झार लगायतको प्रयोगले बाँदर व्यवस्थापन हुन्छ भने यी कुरा सोची स्थानीय सरकारले स्थानियबासी समक्ष उपलब्ध गराउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस