चितवन पोष्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको निधन

शुक्रबार, १७ फागुन २०७५, १४ : ५९
चितवन पोष्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको  निधन

भरतपुर । चितवन पोष्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको आज निधन भएको छ । शुक्रबार अर्यालको भरतपुर अस्पतालको आईसियुमा आज दिउसो १ बजे उपचारको क्रममा ५७ वर्षको उमेरमा निधन भएको हो ।श्वासप्रश्वास समस्याबाट ग्रस्त उहाँ तीन दिनअघि भरतपुर अस्पतालमा भर्ना हुनु भएको थियो । विसं २०१९ साउन २७ गते चितवन, कोराकमा जन्मनुभएका अर्यालका २ छोरा र श्रीमती हुनुहुन्छ । यस अघि उहालाई भारतको विभिन्न अस्पतालमा उपचार गरी ल्याइएको थियो ।
१० महिना अगाडि उहाँका दाजु धर्मराज अर्यालको पनि छाती सम्वन्धी समस्याको कारणले निधन भएको थियो । अर्याल दाजुभाईले चितवनको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस