भारत–पाकिस्तानलाई वार्ताबाट समस्या समाधान गर्न नेपालको आग्रह

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १८ : ०५
भारत–पाकिस्तानलाई वार्ताबाट समस्या समाधान गर्न नेपालको आग्रह

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्‍दो तनाव र  १४ फेब्रुअरीमा भएको जम्मु र कास्मरमा भएको आतंकवादी हमलाप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाइएको छ । 
परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै जघन्य आतंकवादी हमलाको नेपाल सरकारले निन्दा गरेको उल्ल‍ेख गरिएको छ । 
नेपाल सार्कको अध्यक्ष राष्ट्रसमेत रहेकोले दक्षिण एसियामा शान्ति र स्थायित्वलाई जोड दिने विज्ञप्‍तीमा उल्ल‍ेख छ। दुवै राष्ट्रलाई शान्ति र स्थायित्व कमजोर पार्ने क्रियाकलापहरु रोक्‍न समेत नेपाल सरकारको आग्रह गरेको छ। 
नेपाल सरकारले दुवै राष्ट्रलाई वार्ता र शान्तिपूर्ण रुपमा तनावलाई सामान्यीकरण गरेर समस्याको हल गर्नसमेत आग्रह गरेको छ । 
जम्मु र कास्मिर भारत र पाकिस्तानबीच लामो समयदेखि विवाद हुँदै आएको छ । बुधबार दुई वटा भारतीय विमानलाई पाकिस्तानले खसालेकोसमेत दाबी गरेको छ। पाकिस्तानको दाबी अनुसार एक जना भारतीय पाइलटसमेत पाकिस्तानको नियन्त्रणमा छ । भारतले पनि आफ्नो एक जना पाइलट हराएको स्वीकार गरेको छ । 

प्रतिक्रिया दिनुहोस