गैंडामाथि युवक चढेको तस्वीर सामाजिक सञ्जालमा भाईरल

विहीबार, २४ माघ २०७५, २० : ५०
गैंडामाथि युवक चढेको तस्वीर सामाजिक सञ्जालमा भाईरल

भरतपुर । चितवनमा गैंडाको आक्रमणबाट वर्षेनी धेरै जनाले ज्यान गुमाउने गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा राखिएको गैंडामाथि युवक चढेको तस्वीरको कमेन्ट अनुसार चितवनमा एक युवक गैंडामाथि चढेर ढुक्कसँग फोटो खिच्न भ्याएका छन् । यो फोटोलाई अहिले सबैले आश्चार्य मानेर सामाजिक सञ्जालहरुमा पोष्ट गरिरहेका छन् । यो तस्वीर छोटो समयमा नै सामाजिक सञ्जालमा भाईरल भएको देखिएको छ ।
तस्वीर अनुसार यी युवकले घर नजिकैको तोरी बारीमा तोरी खाईरहेको बेला पछाडिबाट गैंडामाथि चढेर फोटो खिचेको देखिन्छ । यो फोटो पोष्ट गर्नेहरुको फेसबुकमा सेयरहरु बढी रहेको छ । पोष्टमा कमेन्ट गर्नेहरुले ‘कलियुगमा के देख्नु प¥यो’, चितवनमा घर छ हामीलाई के को डर छ’ लयातय अन्य कुराहरु लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस