चिकित्सा ऐन प्रमाणीकरण रोक्न पाइँदैन : प्रधानमन्त्री देउबा

विहीबार, २३ कार्तिक २०७४, १९ : १३
चिकित्सा ऐन प्रमाणीकरण रोक्न पाइँदैन : प्रधानमन्त्री देउबा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले अध्यादेशमार्फत जारी चिकित्सा शिक्षा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण नभएको बताएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रा डा गोविन्द केसीसँगको भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले मन्त्रिमण्डलले पारित गरेको ऐन विषयमा थप जानकारी लिइने बताए ।

प्रधानमन्त्री देउवाले ऐन कुनै हालतमा पनि नरोकिने र प्रमाणीकरण हुने नै छ भन्दै प्राडा केसीलाई विश्वस्त हुन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा डा केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याएकोमा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पहल गर्न आग्रह गरेको बताइएको छ ।

डा केसीले शिक्षा मन्त्रालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा नेपाल मेडिकल काउन्सिललाई लेखेको पत्रको विषय र एमबिबिएस परीक्षामा भएको चिट काण्डको प्रतिवेदन शीघ्र सार्वजनिक गर्नसमेत अनुरोध गरिएको जानकारी दिए ।

प्रधानमन्त्रीले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई टेलिफोन गरी काउन्सिलबाट पत्र फिर्ता ल्याउन निर्देशनसमते दिएको भेटमा सहभागी डा अभिषेकराज सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस