निर्मला पन्तको सम्झनामा ‘निर्मला पन्त बाल उद्यान’ निर्माण हुने

बुधबार, २३ माघ २०७५, १४ : ३६
निर्मला पन्तको सम्झनामा ‘निर्मला पन्त बाल उद्यान’ निर्माण हुने

काठमाडौं । छ महिनाअघि कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी निर्मला पन्तको सम्झनामा ‘निर्मला पन्त बाल उद्यान’ निर्माण हुने भएको छ ।

उनले अध्ययन गरेको भीमदत्तनगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय   परिसरमा बाल उद्यान निर्माण हुने भएको हो ।

बुधबार आमा निर्मलाकी आमा दुर्गादेवी पन्त र भीमदत्तनगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीले सो बालउद्यानको शिलान्यास गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस