खानेपानी संस्थानको महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान

सफल खबर संवाददाता

शनिबार, ०५ असोज २०८१, ०८ : १९
खानेपानी संस्थानको महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौ । नेपाल खानेपानी संस्थानको महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

खानेपानी मन्त्रालयले शनिबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकले ३० दिनभित्र दरखास्त दिन सक्नेगरी आवेदन आह्वान गरेको हो । 

मान्यताप्राप्त शैक्षिक संस्थाबाट इन्जिनियरिङ, व्यवस्थापन वा जनप्रशासनमध्ये कुनै विषयमा कम्तीमा स्थातक तह उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन् । साथै सम्बन्धित क्षेत्रको अनुभव पनि हुनुपर्ने सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस