- सुधा गुरुङ
अमेरिकाको बिभिन्न प्रदेशका यूनिभर्सिटीहरुमा छ हप्ते प्राध्यापन सकाएर १२ जनवरीका दिन काठमान्डौं फर्किएकी मदन पुरस्कार बिजयी लेखिका एवम सामाजिक अभियंता राधा पौडेलको नयां पुस्तक बिमोचन ज्ञद्ध जनवरीमा हुने र सो समारोहमा सम्मिलित हुनका लागी निम्तो उनी अमेरिकामा हुदै पाएकी थिए। हरेक कुरा निर्धारीत समयमा नै गर्न रुचाउने उनको स्वभावसंग म राम्रैसंग परिचित भैसकेकी छु। त्यसैले हामी भेट्ने समय पनि पूर्वनियोजित नै थियो। उनको बर्ष भरीको क्यालेन्डर बर्षको शुरुमै तय भैसकेको हुन्छ।
नेपालमा बस्ने तर ट्याक्कै अंग्रेजी समयमा चल्ने राधाको बानीको म कायल छु तर पनि उनीसंगै समयको ठिक रफ्तार पक्डिन भने म अल्लि असमर्थ नै छु भन्न मलाई अप्ठेरो लागे पनि यो कुरा सत्य हो१ सत्यलाई नकार्न म चाहन्न िजे होस नेपाल आएको भोलीपल्ट बिहानै हाम्रो कुराकानी भयो। तर अफसोच प्रेसको प्राविधिक कारणले गर्दा उनको पुस्तक बिमोचन फेब्रुअरी ज्ञद्ध का दिन सारिएको जानकारी दिदैं दिदी बहिनी कतै भेटेर संगै लन्च गरौं भन्ने प्रस्ताव राखिन, कारण मसंग भेटे पछि आफ्नो घर चितवनमा अलि अस्वस्थ्य हुनुभएको उनको बुवालाई भेट्न उनी हतारिरहेकी रहिछन। त्यलसैले भेट्घाट पछि चितवन जाने उनको मनसाय रहेछ।
उनको बसाई साथीको अपार्टमेन्ट, भक्तपुरको अल्लि कुना तिर भएकोले मिले सम्म उनलाई उतै पायक पर्ने र साथमा सामानहरु भएकोले हामी दुई दम्पती मोटर लगेर जाने अनि लन्च पछि कलंकीमा उनलाई छोड्ने तय भयो। तर ऐन मौकामा लालजीलाई घरायसी कामको लागी घरमै बस्न पर्ने भएकोले म आफ्नो चिनेको श्याम भाइको ट्याक्सीमा भक्तपुरतिर लागे। काठ्मान्डौको ट्राफिकले गर्दा समयमा पुग्न के सकिन्थ्यो र हजुररु उता अंग्रेजी टाईममा झिटी गुन्टा कसेर राधा मेरो पर्खाईमा तम्तयार थिइन। श्याम भाइको सहयोगमा सामान ट्याक्सीमा राखेर हामीले भाइलाई कुनै राम्रो भेजिटेरिएन रेस्टुरामा लैजान अनुरोध गर्यौ। कारण राधा भेजिटेरियन हुन। भाइले हामीलाई कमलादी स्थित गणगौर रेस्टोरेन्टमा एकदम राम्रो खाना पाइने कुरा बताउदै त्यहिं पुर्याए। नभन्दै रेस्टुरा एकदम सफा, सुन्दर र खाना पनि स्वादिष्ट रहेछ।
स्वादिष्ट भोजनपछी मैले बेलायत लगेको राधाको मदन पुरस्कार बिजयी पुस्तक ू खलंगामा हमलाू र ूमर्यादित महिनावारी सबैको जिम्मेवारीू भन्ने उनको ह्यान्डबुक साथीहरुलाई बेचेर उठेको रकम रु। २५,०००र( को चेक राधा पौडेल फाउन्डेशन को नाममा हस्तान्तरण गरे। उसरी सो पुस्तक बिक्री को रकम राधाले स्वयम लिन पर्ने हो।।।तर एज यूजुअल उनले आफुसंग जे जति छ सो पनि फाउन्डेशन मार्फत नै सेवामा लगाउने भएकोले फाउन्डेशनकै नाममा चेक लिन स्वीकार गरिन।
खानाको दौरानमा उनले ६ हप्ते आफ्नो अमेरिका बसाईको किस्सा पनि सुनाइन भने अधिकांश कुरा महिला हित, महिनावारी (छाऊपडी) प्रथा उत्थान, उनको अगुवाईमा चितवनमा करीब २ महिना अघि उत्पादन शुरु गरिएको मितेरी जैविक प्याड उद्धोग आदीको बारेमा कुराकानी भयो। १० बर्ष अघि उनले देखेको यो सपना अहिले पुरा भएकोमा उनको मुहारमा देखिने असिम संतुष्टी र आनन्दानुभुतीको भाव म सजिलै पढ्न सक्थे। हिन्दी चलचित्र प्याड म्यान को नायक अक्षय कुमार जस्तै हाम्रो वास्तविक जीवनकै नायिका प्याड वुमन हुन सामाजिक अभियंता राधा पौडेल१ सोहि कुरामा केहि बेर हास्यौ पनि।।।हाम्रो गफ सकिने नाम लिरहेको थिएन , यता अविरल बग्ने समयले भने हामीलाई जिस्काई रहेको थियो।।।सो हामी कंलकीतिर अगाडी बढ्यौ फेरि श्याम भाइको ट्याक्सीमा l
राधाको कुरा अति चाख लाग्दो लाग्छ मलाई, समाज प्रती उनले देखाउने चासो, जिम्मेवारी, चिन्तन।।।हरदम केहि गरौ समय त्यसै खेर नफालौ भन्ने उनको ब्यग्रता।।।ओहो बयान गर्नलाई मसंग शब्द छैनन।।।।काश१ उनको सो चिन्तनको केहि प्रतिशत पनि हाम्रा नेताहरु र सम्बन्धित सरोकारवाला सरकारी कर्मचारीहरुमा भैदिएको भए।।।देशको मुहार फेरिन कति पो बेर लाग्दो होला र ? जस्तो लाग्छ, तर अफसोंच ।
कलंकी पुगेर नारायणघाट जाने बसमा सिट सोध्दै हिडेको, के पाइन्थ्यो रु सबै प्याक १ राधाका अनुसार अफ सिजन भएको ले जत्ती नि सिट पाइन्छ भनेर अगृम टिकट नलिएकी रहिछन।।।फेरि मसंग भेट्ने योजना पनि टिकट नकाट्नुको अर्को कारण रहेछ।अनि सो कारण थाहा पाउदा मलाई पछि ग्लानी बोध भयो। श्याम भाइले बल्ल भन्यो, भोली माघे संक्रान्ती१ सबै घर जाने भएकाले यस्तो भएको हो दिदी१ बरु बस स्टपमा जौ।।।उता पाइएला।।।लाटा१ अघि नै भन्न पर्दैनरु लौ हिड भनेर हामी फेरी गंगबु बस पार्कतिर लाग्यौ। काठ्मान्डौ बसेको यतिका बर्षमा कहिल्यै तेति लामो समय ट्याक्सीमा न राधा हिडेकी न सुधारु दिदि बहिनी लामो समय बतियाउन पाए हुन्थ्यो भन्ने चाहना यहिं निहुमा पुगे जस्तो पनि लाग्यो।
गंगबु बसपार्क पुगेर पो भो त जात्रा
हामीलाई नियमित यात्रा गर्न पर्ने भनेको पोखराको हो, जो सधै हामी टुरिस्ट बसद्वारा नै गर्थ्यौ। गंगबु बसपार्क कहिल्यै यसरी टिकटको खोजीमा आएकै थिइन। माछा बजार जस्तो भिड अनि सिनेमा हलमा उहिले ब्ल्याकमा टिकट बेच्ने केटाहरुको मारामार तछाड मछाड जस्तो जात्रा१ एक जनाले यति त अर्काले उति भनेर छोपाछोपको हालत। राधा र म तीन दंग पर्यौ देशको हालत देखेर।।।सर्व साधारणको जनजीवन यस्तै जटिल हुन्छ कि क्या होलारु सोच्न बाध्य भयौ। कुनै कुरामा एक रुपता छैन, निर्धारीत स्थानमा जान निर्धारित दरभाव हुन पर्ने हैन ररु तर अहं१ रहेनछ। लाटा सिधालाई त मोलभावले खर्लप्पै निल्ने अवस्था।।।।खैरु माघे संक्रान्ती भएरै हो किरु मारामार भिड१ त्यसमा बिदेशबाट ल्याएको राधाको २ टा सुट्केशको करामत हो कि कुन्नीरु एउटा नारायणगढ जाने टिकटको लागी राम्रै मोलामोल भो। राधाको अनुसार, श्यामले घिसार्दै हिडेको २टा सुुुट्केश र बिदेशबाट आएको भनेर चिनिने मेरो सकल सुरतले टिकटको यस्तो चर्को मोल गरेको रे िरु। ३५०र( लाग्ने नारायणगढको एउटा टिकटको मूल्य ८०० देखी रु। हजारसम्म भने। हामी दुबै देशको अवस्था र यूवा जनशक्तीको एउटा जाबो टिकटको लागी गरिएको दलाली देखेर अक्क न बक्क परिरह्यौ। मलाई अत्यन्त दुख अनि टीस लाग्यो राधाको अवस्था माथी l
हाम्रो देशको साहित्यमा सबैभन्दा प्रतिष्ठित मदन पुरस्कार बिजयी, हाईली क्वालिफाइड । बिदेशमा कत्रो सम्मान गरिने ब्यक्तीत्व।।।जसको अनलाईन प्रोफाईल हेरेको भरमा देशका कत्रा कत्रा यूनिभर्सीटीले प्राध्यापनको लागी संसारभर निम्त्याउछन।।।आफ्नै देशमा एउटा जाबो टिकटको लागी यत्रो खिंचातानीरुरु इmन११ तर गर्ने केरु यति गर्दा गर्दै सांझको चार बजिसकेको थियो। म कराए पनि हाम्रो देश त ईन्डिया जस्तो पो भएछरु क्या हो यस्तो मोलतोल भनेर।। अन्ततस् काकडभिट्टा जाने रात्री बसमा नारायणघाटको टिकटको डबल मूल्य तिरेर एउटा सिट मिलाईयो, त्यो पनि अन्तिम सिट। तर गत बर्ष जुम्लामा द्यष्चतजष्लन ऋभलतचभ को उद्धघाटनका लागी बेलायती साथीहरु लगेर जुम्ला जादा घोडाबाट लडेर नराम्रो संग घाईते भएकी राधा , जो चार पांच महिना बेड डाउन भएर हलनचलन भएकी थिइन, उनलाई ढांड् दुख्ने, कुशन बोकेर हिड्न पर्ने, सामान केहि उचाल्न नहुने, लामो समय एकै स्थानमा बस्न नसक्ने समस्या छ। पोहोर साल को समरमा व्हील चेयरमै यूरोपका ४(५ देशका यूनिभर्सिटीमा प्राध्यापन गराएर फर्केकी उनले यो पटक कुशन बोकेरै अमेरिकाको लामो यात्रा पार गरेकी रहिछन। जे होस, कोइ भलामानस संग सिट साटेर मिलाउला भनेर सो टिकट लिई बस भित्र पुग्यौ। नभन्दै ३ नं सिटको एउटा भर्खरको बाबुलाई राधाको समस्या बताएर अनुरोध गरेको।।।खुशी साथ माने अनि उनको फोल्डिङ्ग सिट्मा राधालाई चढाएर सामान डिक्कीमा राखेर श्याम भाइ र म उनलाई बाय बाय गरेर ४ बजे घर तिर लाग्यौ। यसरी चार बजे हिड्ने भनेर टिकट काटेको बस साढे पाच बजे हिडेर ११ बजे घर पुगिछन राधा । यस्तो छ हाम्रो देशको अवस्था ।
प्रतिक्रिया दिनुहोस