संयुक्त वामपन्थी उम्मेदवारहरुको घरदैलो अभियान : ७४ साल भित्रै दुवै पार्टी एक हुने – एमाले उम्मेदवार पाण्डे

विहीबार, २३ कार्तिक २०७४, १९ : ०१
संयुक्त वामपन्थी उम्मेदवारहरुको घरदैलो अभियान : ७४ साल भित्रै दुवै पार्टी एक हुने – एमाले उम्मेदवार पाण्डे


प्रतिनिधि सभा चितवन क्षेत्र नं. १ का संयुक्त वामपन्थी उम्मेदवार एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले २०७४ सालभित्र नेकपा एमाले र माओवादी केन्द्र बिच एकता भइसक्ने बताएका छन् । दुवै पार्टी अहिले संयुक्त निर्वाचन अभियानमा रहेको भन्दै पाण्डेले संयुक्त वामपन्थी उम्मेदवारलाई मतदान गरी देशको समृद्धि र उज्जवल भविष्य निर्माण गर्ने अवसर प्रदान गर्न अनुरोध गरेका थिए । रत्ननगर १० को दुरसंचार चोकमा वाम गठबन्धनको निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले चितवनलाई देशको मात्र नभै विश्वकै पर्यटकीय मुख्य गन्तव्य बनाउन आफु लागिपर्ने बताए । पूर्वी चितवनका नगरपालिकाहरुलाई समेटेर व्यवस्थित शहर बनाउन पनि आफु प्रतिवद्ध रहेको उनले बताए । पूर्वी चितवनमा औद्योगिक क्षेत्र, अन्तर्राष्ट्रिय स्तरको सभाहल, विभिन्न खोलाहरुको तटबन्धन कार्य गरी पूवीृ चितवनलाई अर्थतन्त्रको मेगा सिटीको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उनले बताए । आफुले अर्थमन्त्री हुँदा चितवन र समग्र देशकै आर्थिक विकासको लागि खाका कोरेको भन्दै देश समृद्ध बनाउन र ती योजनाहरु पुरा गर्न संयुक्त वाम गठबन्धनको बहुमतको सरकारको विकल्प नभएको समेत उनले बताए । शिक्षा, स्वास्थ्य, रोजगार आफ्नो पहिलो प्राथमिकता उम्मेदवार खनाल ले बताय ।


कार्यक्रममा प्रतिनिधि सभा चितवन क्षेत्र नं. १ “ख” का उम्मेदवार कृष्ण प्रसाद खनालले शिक्षा, स्वास्थ्य र रोजगार आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै यस क्षेत्रको विकासको लागि आफु सधै लाग्ने बताएका थिए । टाँडी, शक्तिखोर हुँदै सिद्धिसम्मको बाटो निर्माण, क्षेत्रीय रङ्गशाला निर्माण, भण्डारा–मुग्लिन सुरुङ्गमार्ग, शक्तिखोर हुँदै हुग्दीसम्मको वैकल्पिक मार्ग निर्माण आफ्नो मुख्य प्राथमिकता रहेको समेत उनले बताए । पर्यटन क्षेत्रको विकास, चितवनलाई मेडिकल सिटीको रुपमा विकास गर्ने र ५ वर्षभित्र आर्थिक केन्द्रको रुपमा चितवनलाई स्थापित गर्ने आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए । उम्मेदवार खनालले स्थानीय तहमा एमालेका उम्मेदवार विजय भएकोले प्रदेश र केन्द्रमा पनि संयुक्त वाम गठबन्धनको सरकार बन्ने पक्का भएको समेत उनले बताए ।


समुन्नत विकासको लागि प्रतिवद्ध  : उम्मेदवार पोख्रेल
प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोख्रेलले चितवनको समुन्नत विकासको लागि आफु सधै प्रतिवद्ध रहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नं. ३ बेलचोकमा वाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन गर्दै पूर्व सांसद एवम् नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका पोख्रेलले वाम गठबन्धनको बहुमतको सरकार बन्ने भएपछि विपक्षीहरु अत्तालिएको बताए । नेकपा एमाले र माओवादी केन्द्र संयुक्त गठबन्धनमा प्रदेश र केन्द्र सरकार बनेपछि देशको आर्थिक विकास गर्न सफल हुने समेत उनले दावी गरे । सोही कार्यक्रममा प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ “क” उम्मेदवार घनश्याम दाहालले वाम गठबन्धनको विकल्प नभएको भन्दै चितवनका सबै क्षेत्रमा चितवनवासीले हाम्रो गठबन्धनलाई विजयी गराउने बताए ।
वाम गठबन्धनका उम्मेदवारहरुले आजै पूर्वी चितवनका रत्ननगरका विभिन्न वडाहरुमा र भरतपुर महानगरपालिकाका विभिन्न वडाहरुमा संयुक्त वडा कार्यालय उद्घाटन गर्दै घरदैलो एवम् मतदाताहरुसँग भेटघाट गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस