चितवनमा बिक्री हुने मासु असोस्थकर : मासु जाच ऐन, नियम निर्देशिका कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड

विहीबार, २३ कार्तिक २०७४, १८ : ४२
चितवनमा बिक्री हुने मासु असोस्थकर : मासु जाच ऐन, नियम निर्देशिका कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड

 

प्र्रकाश सिग्देल

 पशु बधशाला तथा मासु जाच ऐन, नियम निर्देशिका कार्यान्वयनमा ल्याउन सके उपभोक्ताले स्वास्थ्यकर मासु उपभोग गर्न पाउने सरोकारबालाहरुले बताएका छन् ।

चितवनको भरतपुरमा आयोजना भएको पशु बधशाला तथा मासु जाच ऐन, नियम निर्देशिका कार्यान्वयन बिषयक छलफल कार्यक्रममा सहभागिहरुले पशु बधशाला ऐन कार्यान्वयनमा नआउदा उपभोक्ता गुणस्तर हिन र असोस्तकर  मासु खान बाध्य भएको बताएका हुन् ।

चितवनको बजारमा पाईने मासु आखाले हेर्दा सफा देखिएपनि स्वस्थ्यकर छ भन्ने कुनै खालको प्रमाण नभएको जिल्ला पशुसेवा कार्यालय चितवनका पशु चिकित्सक डा बिकास श्रेष्ठले बताउनु भयो ।

सुधारिएका मासुपसलमा सफा मासु बिक्री भएपनि त्यहाको मासुपनि स्वच्छ छ भन्ने कुनै ज्ञारेन्टी नभएको उहा बताउनु हुन्छ । मासुजन्य चिज भेटनरी डाक्टरले परिक्षण गरी स्वास्थ्यकर रहे मात्रै बिक्री गर्न अनुमति दिनु पर्ने हुन्छ तर चितवनमा जहा पायो तेहि जसरी पायो तेसरी पशुको काटमार र बिक्री हुने गरेकोले पशु बधशाला र मासु जाच एन २०५५, नियमावली २०५७ लाई आधार मान्नेहो भने ती मासु खान योग्य नभएको डा श्रेष्ठको भनाई छ ।

पशु बधशाला र मासु जाच एन २०५५मा  ईजाजत नलिई पशु बधशाला स्थापना गर्न वा मासु बिक्री गर्न नपाईने, पशु बधशालाको स्थापना हुनु पर्ने,मासु निरिक्षकको नियुक्ती गर्नु पर्ने, पशु चिकित्सक बिषयमा स्नाकोपाधि गरेको ब्याक्ती लाई मासु सुपरिबेक्षक तोक्नु पर्ने, पशु बध गर्नु अधि जचाउनु पर्ने, बध गरिएको पशुको मासु जाच गर्नु पर्ने, पशु बधशालामा मात्रै बध गर्नु पर्ने। मासुमा निरिगोतिको छाप चिन्ह लगाउनु पर्ने, मिसावट गरी मासु बिक्री गर्न नपाईने लगाएतका नियमहरु रहेका छन् ।

उपभोक्तालाई स्वच्छ रोगमुक्त मासु उपलब्ध गराउन, बिश्वबयापार संगठनको मापदण्ड पुरा गर्न , सर्वसाधारण जनताको स्वास्थ्य र हित कायम राख्न, मासुतथा मासुबाट बन्ने खाद्य पदार्थमा मिसावट रोक्न, जुनोटिक रोगहरुको नियन्त्रण गर्न, पशुपन्छी जन्य उद्योग स्थापना गर्न,निकासी पैठारी सम्बन्धि ब्यवस्था गर्न, पशुपन्छी पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीको आयात निर्यात ब्यवस्थीत गर्न, पशु पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीको स्वस्थ्य रुपमा उत्पादन मापदण्ड निर्धारण गर्न पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीको स्वस्थ्य रुपमा उत्पादन मापदण्ड अनुरुप गुणस्तर कायम राख्न एन कार्यान्वयन गर्नु आवस्यक रहेको जिल्ला पशुसेवा कार्यालय चितवनका बरिष्ठ पशुचिकित्सक डा डिल्लिराम सेडाईले बताउनु भयो ।

पशु बधशाला तथा मासु जाच ऐन, नियम निर्देशिका कार्यान्वयन हुन सके उपभोक्ताहरुले स्वस्थ्य कर मासु सेवन गर्न पाउने र मासुबजार ब्यवस्थित हुनाका साथै मासु ब्यवसायीर्लाय पनि त्यसले ठुलो फाईदा पुग्ने नेपाल मिट प्रशोधन उद्योग गैडाकोटका म्यानेजर रामचन्द्र पण्डितले बताउनु भयो । ढाडमा हानेर कुखुरा मार्ने, रगत नबगाउने, रगत ग्राहकलाई खुवाउने प्रबृतिको अन्त्य हुने उहा बताउनु हुन्छ । मासु बधशाला ऐन अनिर्वाय कार्यान्वयन गर्नु पर्ने र त्यो उपभोक्ता बिक्रेता सबैको हितमा रहेको भेटेरीनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरका पशु चिकित्सक डा रेशव गुरागाईले बताउनु भयो । यसले ब्यवस्थित बधशाला खोल्न प्रेरीत गर्ने र बधशाला बाहेक अन्य ठाउमा मासु काट्न नपाईने बाध्यकारी नियम बनाउने भएकाले यसको कार्यान्वयनको बिकल्प नभएको उहाको भनाई छ । यो कार्यानवयन नभए असोस्थकर मासु बाट मानिसमा घातक प्रकारका रोगहरु फैलने सम्भावना बढ्दै जाने उहाको तर्क छ । यो ऐन कार्यान्वयनमा सबैले साथ दिनु पर्ने उहा बताउनु हुन्छ । कार्यक्रममा भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह प्रमुख अतिथी रहनुभएको थियो । सो अवसरमा  उहाले मासु बजार ब्यवस्थापन गर्न आवस्यक रहेको र त्यसका लागी ऐन कार्यान्वयनमा आउनु पर्ने बताउनु भयो । कार्यक्रम भेटेरीनर िजनस्वास्थ्य कार्यालय काठमाण्डौले आयोजना गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस