अष्ट्रेलियन राजदुतद्धारा चितवन मेडिकल कलेजको भ्रमण

सफल खबर संवाददाता

विहीबार, १० माघ २०७५, १८ : २०
अष्ट्रेलियन राजदुतद्धारा चितवन मेडिकल कलेजको भ्रमण

चितवन । नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर वडले चितवन मेडिकल कलेजको भ्रमण गर्नुभएको छ ।  

बिहीबार राजदुत वडले अस्पतालको विभिन्न मानव स्वास्थ्य उपचार कक्षका विभागहरुको अवलोकन गर्नुभएको हो । भ्रमणको क्रममा अस्पतालको आकस्मिक कक्ष, सघन उपचार कक्ष, मेडिकल ल्यब्रोरोटोरी, एन. आई. सि. यु., सि. सि. यु., मेडिकल आई. सि. यु. लगायत चितवन मेडिकल कलेज भित्रकै रोयल इन्टरनेसनल ल्याङ्गवेज इन्स्च्यिूट जहा“ अंगे्रजी भाषा परिक्षा पठन पाठन गरिन्छ । सोको समेत भ्रमण गरी भ्रमण पश्चात राजदुत वडले यस अस्पताल राष्ट्रकै अत्याधुनिक स्वास्थ्य उपचार गर्ने अस्पताल भएको बताउनु भयो । उहाँले यस अस्पताललाई अष्ट्रेलिया जानका लागि लिइने स्वास्थ्य परीक्षण स्वीकृत दिने लगायत अस्पताल सम्बन्धि अन्य सहयोग गर्नको लागि यस भ्रमणले थप उत्साहित बनाएको धारण व्यक्त गर्नुभयो ।  
चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले राजदुत वडलाई मायाको चिनो प्रदान गर्दै अस्पताल भ्रमण गरिदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस