सरकारद्धारा अञ्चल र उपक्षेत्रीय अस्पताल प्रदेशलाई हस्तान्तरण

सफल खबर संवाददाता

बुधबार, ०९ माघ २०७५, २० : ३५
सरकारद्धारा   अञ्चल र उपक्षेत्रीय अस्पताल प्रदेशलाई हस्तान्तरण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण गरेको छ ।  आज आयोजित कार्यक्रममा ७ वटै प्रदेशका सामाजिक विकासमन्त्री तथा सचिवहरूलाई समेत बोलाएर मन्त्रालयले स्वास्थ्यसेवा ऐनले दिएका सरुवा, बढुवा, पदस्थापन, बिदा स्वीकृतिलगायत ११ अधिकारसहित निकायहरू हस्तान्तरण गरेको हो ।

विशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल, विशिष्ट सेवा प्रदान गर्ने अस्पताल, शैक्षिक प्रतिष्ठान संघ अर्थात केन्द्र सरकारले हेर्ने व्यवस्था गरिएको छ । यस्तै जिल्ला सदरमुकाम भन्दा बाहिरको रहेको १५ वेडको अस्पताल स्थानीय तहमा रहने निर्णय सरकारले गरेको छ । बाँकी रहेका सम्पूर्ण अस्पताल प्रदेश सरकारले हेर्ने छन् ।  

केन्द्र सरकारको जिम्मामा १४ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । ९ वटा स्वास्थ्य संस्था ३ नम्बर प्रदेशमा रहेका छन् भने अन्य ५ वटा स्वास्थ्य संस्था अन्य प्रदेशबाट पछि थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस