दाङ । उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तुलसीपुर पश्चिम नेपालको ‘हव’ बनाउनका लागि मुगुको रारासँग जोड्ने गुरुयोजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ ।
आज तुलसीपुर नगर विकास समितिले जिल्लाबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकालाई आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले समग्र दाङको विकासका लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।
उहाँले वाम गठबन्धको अब बन्ने सरकारले देशलाई विकास र समृद्धिमा लैजाने पनि बताउनुभयो । उहाँले दाङ प्रदेश नं ५ को राजधानी बन्नेमा आफू विश्वस्त रहेको र यदि कदम कदाचित दाङलाई राजधानी बनाउनबाट रोके आफूहरु नागरिक सँगसँगै आन्दोलनमा जाने पनि चेतवानी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २५ पुस २०७४, १८ : ०३
लेखकबाट थप