कालिकामा वाम गठवन्धनका संयुक्त प्रचार कार्यालय शुभारम्भ

बुधबार, २२ कार्तिक २०७४, १४ : ३३
कालिकामा वाम गठवन्धनका संयुक्त प्रचार कार्यालय शुभारम्भ

विकास र सम्वृद्धि एकल एजेण्डाः अविनास

संयुक्त वाम गठवन्धनको तर्फवाट चितवन क्षेत्र नं २  क प्रदेशका उमेद्वार घनश्याम दाहाल अनिवासले आफु चितवनका तीन ठूला र अगुवा नेताको साथ लागेर विकासमा भिड्ने वताउनुभएको छ । चितवन क्षेत्र नं २ क प्रदेश अन्तर्गत कालिका नगरपालिकाको संयुक्त नगर कार्यालय  कार्यालय उद्घाटन कार्यक्रममा उहाले  विकास र सम्वृद्धि मात्रै एजेण्डा अवको एजेण्डा भएकोले ५ वर्षभित्र सो क्षेत्र नमूना वनाउने वताउनुभएको हो । चितवनको पहाडी र समथर भाग समेत समेटिएर क्षेत्र नं २ को क प्रदेश वनेकोले पहाडमा आधुनिक कृषि प्रणाली मार्फत सुन्तला,जुनार,कागती र तरकारी खेती  र व्यवसायीक वाख्रा पालन गर्नुका साथै च्यूरीको प्रशोधन केन्द्र स्थापना गर्ने वताउनुभयो । शक्तिखोरमा स्थापना हुने औधोगिक क्षेत्रमा स्थानीयले नै रोजगारी पाउने र सोसंगै अन्य विकासका कामहरु अगाडि वढ्ने उहाले वताउनुभयो । पहाडी भेगको पर्यटन,देवघाट क्षेत्रको धार्मिक पर्यटन र शहरी पर्यटनलाई एकीकृत रुपमा कार्यक्रम संचालन गरी लुम्विनी र पोखरासंग जोड्ने काम गरिने उमेद्वार दाहालले वताउनुभयो । दाहालले चितवनवाट प्रनितिधिसभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र पूर्व सांसस कृष्णभक्त पोखरेलले नै जित हासिल गर्ने दावी गर्दै तीनजना नेताको साथ लागेर समग्र चितवनको विकासमा लाग्ने प्रतिवद्धता जनाउनुभयो । नेकपा एमालेका केन्द्रिय नेता केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेता नारायण दाहालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा दुवै नेताले स्थायी सरकार र आर्थिक सम्वृद्धिका लागि वाम गठवन्धनका उमेद्वारले जित्नुपर्ने वताउनुभएको थियो । आज क्षेत्र नं २ अन्तर्गत कालिका नगरपालिकाको वडा नं २,८ र ७ ,६ वडामा संयुक्त वाम गठवन्धनको प्रचार कार्यालयहरु उद्घाटन गरिएको नेकपा माओवादी चितवनका नेता इश्वर सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस