झापा खुला दिसामुक्त घोषणा

शनिबार, १४ पुस २०७५, ११ : ४१
झापा खुला दिसामुक्त घोषणा

भद्रपुर । पन्ध्र स्थानीय तह भएको झापा जिल्ला खुला दिशामुक्त घोषणा गरिएको छ । 
भद्रपुरको मेची रङ्गशालामा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले शुक्रबार सो घोषणा गर्नुभएको हो । 

झापाका १५ स्थानीय तहमा ३९ हजार २८७ चर्पी निर्माण भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । सोही अवसरमा खुला दिसामुक्त क्षेत्रका लागि सहयोग गर्ने चार सञ्चारकर्मी र विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो । - रासस

प्रतिक्रिया दिनुहोस