सडक दुर्घटनामा ३५ विद्यार्थी घाइते

एजेन्सी

विहीबार, १२ पुस २०७५, १९ : ५०
सडक दुर्घटनामा ३५ विद्यार्थी घाइते

काङ्ग्रा । भारतको हिमाञ्चाल प्रदेशको काङ्ग्रा जिल्लामा बिहीबार एउटा विद्यालयको बस दुर्घटना हुँदा बसमा यात्रारत ३५ विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । 

काङ्ग्रा जिल्लाको नाग्रोटा सुरियनस्थित साम्लेटा नजिकै भएको दुर्घटनामा कसैको मृत्यु भने नभएको अधिकारीहरूले बताइएका छन् । 

घाइते प्राय विद्यार्थीहरूलाई उपचारका लागि स्थानीय लुन्ज अस्पतालमा पठाइएको छ भने दुई गम्भीर घाइतेलाई थप उपचारका लागि काङ्ग्राको तान्डा मेडिकल कलेजमा पठाइएको छ । स्थानीय प्रशासनले दुर्घटनाबारे अनसन्धान सुरु गरेको जनाएको छ । 
बस सडकबाट चिप्लिएर केही मिटर तल खोल्सामा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस