आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज

एजेन्सी

शनिबार, ०७ पुस २०७५, १७ : ४३
आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज

वासिङ्टन । विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ । 

ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम ल्याएको थियो । 

नौ सदस्यीय अमेरिकी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जोन रोबर्ट सहित पाँच न्यायाधीशले ट्रम्पको आग्रहलाई अस्वीकार गरेका हुन् । ट्रम्प प्रशासनले भने मध्यअमेरिकी आप्रवासीहरुको आगमन मुलुकका लागि बेफाइदा हुने जनाएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस