राम र सीताको जीवन सभ्यताको अभिन्न अङ्ग : मुख्यमन्त्री आदित्यनाथ

बुधबार, २६ मंसिर २०७५, १९ : ०२
राम र सीताको जीवन सभ्यताको अभिन्न अङ्ग : मुख्यमन्त्री  आदित्यनाथ

जनकपुरधाम । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान् राम र सीताको जीवन भाारत तथा नेपालको धर्म, संस्कृति र सभ्यताको अभिन्न अङ्ग भएको उल्लेख गर्नुभएको छ । 

सीताराम विवाह महोत्सवका अवसरमा आज जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनापछि आगन्तुक पुस्तिकामा सो कुरा लेख्दै उहाँले सीतारामले पालना गरेको आदर्श र मूल्य सार्वभौम भएकाले पे्ररणा प्रदान गरिरहेको उल्लेख गर्नुभयो । 
उहाँले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पूजा अर्चना र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । मुख्यमन्त्री योगीले आफू र प्रतिनिधिमण्डलको स्वागतका लागि नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिँदै भारत सरकार र जनताकातर्फबाट सुख तथा समृद्धिको कामना गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस