आचार संहिता उलङघन भए के हुन्छ ?

मंगलबार, २१ कार्तिक २०७४, १८ : ३०
आचार संहिता उलङघन भए के हुन्छ ?

 

चितवन । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले निर्वाचन आचार संहिता पालन गर्न सबैमा अग्रज गरेको छ । यही मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावको लागि आचार संहिता पालन गर्न सबैमा आग्रह गरेको हो ।

निर्वाचनलाई स्वच्छ , स्वतन्त्र ,निष्पक्ष र धाधलीरहित सम्पन्न गर्न सम्पुर्ण सरोकारवालाहरुलाई सचेत गएको छ । निर्वाचन आचार संहिता कार्यान्वयनका लागि निर्वाचन आयोग ऐन ,२०७३ को दफा २३ बमोजिम अनुगमन संयन्त्र निमार्ण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ । कसैले आचार संहिता उल्लङकन गरे निर्वाचन आयोग ऐन २०७३ बमोजिम कारबाही र सजाय हुने कार्यालयले अन्तरक्रिया मार्फत भरतपुरमा जानकारी गराएको छ ।

जुलुस, आमसभा ,¥याली वा बैठक गर्दा उम्मेदवार वा राजनीतिक दलले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई मापदण्ड अनुसार पोष्टर ,ब्यानर ,झण्डाको प्रयोग गर्न भनेको छ । आचारसंहिता नेपाल सरकार तथा मन्त्रीहरु, स्थानीय तह, सार्वजनिक संस्था, सरकारी तथा अर्धसरकारी कार्यालय, सुरक्षा निकाय, चुनावमा खटिने कर्मचारी तथा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई लागु हुने जनाईएको छ । प्रतिनिधी सभाको उम्मेदवारले ¥यालीको क्रममा ४ वटा चार पाङग्रे गाडी र ४ वटा मोटरसाईकलको प्रयोग गर्न पाउने छन् ।

आचार संहिता विपरित कार्य भए निर्वाचन कुसुर बमोजिम १ लाख जरिवाना तथा २ बर्षसम्म कैद हुने मुख्य निर्वाचन अधिकृत कुल प्रसाद शर्माले जानकारी दिनुभयो । त्यसतै राजनीतिक दलको चुनाव अंकित ज्याकेट ,भोला, टोपी ,टि सर्ट वा अन्य कुनै किसिमको पहिरन नगर्न सबैमा अनुरोध गरेको छ । निर्वाचन सम्बन्धी प्रचार–प्रसारको लागि धार्मिक , संस्कृतिक ,पुरातात्विक ,ऐतिहासिक स्थलमा पर्चा टास्न वा लेख्न पाईने छैन् । प्रचार प्रसारमा बालबालिकाको प्रयोग , ध्वानी प्रदुषण , निषेध क्षेत्रमा जुलुस वा ¥यालीको आयोजना गरे निर्वाचन कुसुर सम्बन्धी कारवाही हुने मुख्य निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।

संचार मध्यमलाई पनि मपदण्ड अनुसार विज्ञापन छपाई तथा प्रसारण गर्न निर्वाचन आचार संहितामा उल्लेख छ । निर्वाचनलाई लक्ष्ति गरेर जिल्लमा विषेश सुरक्षा संमयन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताउनुभयो । उहाले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन , ३ तहको सुरक्षा संमयन्त्र तयार पारिएको जानकारी दिनुभयो । पहिलो घेरामा नेपाली सेना ,दोस्रोमा सशस्त्र प्रहरी र नेपाली प्रहरी तेस्रो घेरामा रहने व्यवस्था मिलाईएको सो अवसरमा बताउनुभयो । जिल्लामा कुनै अपराधिक घटना नघटोस भनी लाईसेन्सवाल वा विना लाईसेन्सका हात हरियार वा विष्फोटक पदार्थ मंसिर ८ गतेसम्म बुझाउन सम्बन्धी व्यक्तिहरुलाई अनुरोध गरेको छ ।

त्यसतै पुर्वी नाका पुर्वी चम्पारण रक्सौल, पश्चिम नाका युपि सुनौलीमा चेकजाचलाई कडाई पारिएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख दिपक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस