घर जल्दा रु ७ लाखको क्षति

शुक्रबार, ०७ मंसिर २०७५, ०९ : ०६
घर जल्दा रु ७ लाखको क्षति

तेह्रथुम । म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा रु सात लाख मूल्यबराबरको सामान जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बिहीबार घरको चुलोबाट अचानक निस्किएको आगो दुईतले कच्ची घरको बनेको फुसको छानोसम्म पुग्दा घरसहित रु १० हजार, घरभित्र रहेको अन्नपात, काठपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको हो । आगलागी भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । 

करणी प्रयासमा एक पक्राउ 
एक १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । परिवारको उजुरीको आधारमा पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ घर भई हाल म्याङलुङमा डेरा गरी बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नारायण गौतमले बताउनुभयो ।उहाँका अनुसार मङ्गलबार राति साढे ९ बजे बालिकाको कोठामा गई जबर्जस्ती गर्न खोजेको परिवारको उजुरीपछि लिम्बूलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस