गे सेक्समा आधारित उपन्यास लेखेको र बेचेको आरोपमा चीनीयाँ महिलालाई १० बर्ष जेल

एजेन्सी

मंगलबार, ०४ मंसिर २०७५, ११ : ३४
गे सेक्समा आधारित उपन्यास लेखेको र बेचेको आरोपमा चीनीयाँ महिलालाई १० बर्ष जेल

प्रतिकात्मक तस्विर

बीबीसी

गे सेक्समा आधारित उपन्यास लेखेको र बेचेको आरोपमा चीनकी एक लेखिकालाई १० वर्षको जेल सजाय तोकिएको छ ।

लिउ नामकी लेखिकलाई अन्हुई प्रान्तको एक अदालतले पछिल्लो महिना ‘अश्लिल सामग्री’ लेखेको र बेचेको भन्दै जेल पठायो ।

‘अक्युपेशन’ नामको उपन्यासमा ‘पुरुषको समलिङ्गी सम्बन्धमा आधारित छ जसमा उत्पीडनसमेत घटिया यौन क्रियाकलाप बारे लेखिएको छ ।’

तर उनको सजायको अवधि लामो भएका कारण चीनियाँ सोसल मिडियामा यसको विरोध भइरहेको छ ।

बेइजिङ न्यूजका अनुसार इन्टरनेटमा तियां यी भनिने लिउले अदालतमा एक अपिल दर्ता गरेकी छिन् ।

चीनमा पोर्नोग्राफी गैरकानूनी हो ।

‘यो अति नै धेरै भयो’

स्थानीय समाचार वेबसाइट वुहु न्यूजका अनुसार अक्टोबर ३१ मा लिउलाई वुहूको पिपल्स कोर्टले ‘अश्लिल सामग्री’ लाई फाइदाका लागि लेखेको र बेचेको भन्दै सजाय सुनायो ।

यद्यपी, सुनुवाईको विवरण चीनियाँ मिडियामा यसै हप्तामात्र सार्वजनिक भएको हो ।

 लिउको उपन्यास जब अनलाइन माध्यममा लोकप्रिय हुन थाल्यो तब पुलिस अधिकारीलाई यसबारे जानकारी दिइयो ।

सरकारी समाचार संस्था ‘ग्लोबल टाइम्स’ का अनुसार लिउको किताब ‘अक्युपेशन’ र अन्य कामुक उपन्यासको सात हजारभन्दा बढी प्रति बिक्रि भयो जसमा उनलाई डेढ लाख युआन अर्थात् लगभग २४ लाख ४७ हजार रुपैयाँ बढी फाइदा भयो ।

तर सोसल मिडिया प्रयोगकर्ताले उनलाई दिइएको सजाय अति नै धेरै भएको बताएका छन् ।

सोसल मिडिया अकाउन्ट वीबोमा एक प्रयोगकर्ताले लेखे, ‘एक उपन्यासका लागि १० वर्ष ? यो निकै धेरै भयो ।’

एक प्रयोगकर्ताले सन् २०१३ को एक घटना स्मरण गरेका छन् । उनले भने, ‘सन् २०१३ मा एक पूर्व अधिकारीलाई चार वर्षीया बालिका बलात्कार गरेकोमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।’

वीबोमा एक अन्य प्रयोगकर्ताले लेखे, ‘जो बलात्कारका दोषी पाईए उनीहरुलाई १० वर्षभन्दा कम सजाय तोकिन्छ । यी लेखिकाले भने १० वर्षको सजायँ पाइन् ।’

प्रतिक्रिया दिनुहोस