सबै मिलेर जनताको सपना पूरा गर्नुपर्छ : राजकिशोर यादव

सोमबार, ०३ मंसिर २०७५, १३ : ४९
सबै मिलेर जनताको सपना पूरा गर्नुपर्छ  : राजकिशोर यादव

लहान । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जनताले विकास र समृृद्धि खोजेकाले सबै मिलेर यसको पूर्ति गर्नुपर्ने बताउनुभएको छ । 

सिरहाको कर्जन्हा नगरपालिका–६ भेरवा खोलामा पुलको शिलान्यास गर्दै सांसद यादवले सबै दल मिलेर जनताको सपना पूरा गर्नुपर्ने बताउनुभयो । चुनावको बेला आफूले जनतासँग गरेको बाचा पूरा गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । “दलित, गरीब र असहायलगायतको नाममा राजनीति गरियो, तर नेतृत्वकर्ताले काम गर्न नसक्दा ती समुदाय पछि पर्दै गए,” उहाँले भन्नुभयो । सिरहा क्षेत्र नं ४ बाट निर्वाचित सांसद यादवले आफ्नो क्षेत्रमा पर्ने कर्जन्हा नगरपालिकाको विकास गर्न संसदीय कोषको ५० प्रतिशतभन्दा बढी खर्च गर्न लागेको बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस